बिर्तामोडमा गोली चलाउने डीएसपी,,भिड आक्रोशित हुँदा ‘स्याङजाली हुँ झापालीलाई तह लगाउँछु’ भन्दै गोली ठोक्न निर्देशन
शुक्रबार झापाको बिर्तामोडमा गोली चलाउन निर्देशन दिने झापा अनारमनीका प्रमुख डीएसपी राजकुमार सिलवालले व्यक्तिगत आक्रोशमा अन्धाधुन्द गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् ।
एक प्रत्यक्षदर्शीको भनाई अनुसार ‘धेरै सन्काहा डीएसपी रहेछ, गोली चलाउन थालेपछि भिड आक्रोशित हुँदा ‘स्याङजाली हुँ झापालीलाई तह लगाउँछु’ भन्दै गोली ठोक्न निर्देशन दियो ।’ओएस नेपाल .कम मा उल्लेख छ
यसरी अन्धाधुन्द गोली चलाउने डीएसपीलाई अञ्चल प्रहरी कार्यालय चन्द्रगढीले जिल्ला तानेको छ शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउनुपर्ने कारण बारे छानविन गर्न सिलवाललाई जिल्ला तानिएको संघीय प्रहरी इकाई कार्यालय चन्द्रगढीका प्रमुख एसएसपी पिताम्बर अधिकारीले जानकारी दिए ।
दसै.को टिकाको दिन हराएका अर्जुनधारा नगरापालिका ११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको भोलिपल्ट बिहान अर्जुनधारा ५ बैसाबारीमा शव भेटिएको थियो । शिवाकोटीको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै भएको शान्तिपूर्ण प्रदर्शन हिंसात्मक बनेपछि शुक्रबार बिर्तामोडमा एक जनाको मृत्यु भएको थियो ।
अस्पतालमा थप दुई जनाको मृत्यु भएको बताइएको भए पनि अझैसम्म अस्पतालले मृत्युको घोषणा गरेको छैन ।

Comments
Post a Comment