सुवास संकल्प / यतिखेर सिने नगरिमा प्रीयंका कार्की को चर्चा परिचर्चा निकै चलिरहेको छ । यहि शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘फाटेको जुत्ता’ को प्रोमोसन र सुटिङ भैइरहेको चलचित्र ‘सत्रुगते’ छोडेर आफ्नो प्रेमी आयुष्मान लाई भेट्न भनी मुम्बई गएको हल्ला निकै चल्यो ।
उनको प्रेमी आयुष्मान मुम्बईमै भएका कारण उनैलाई भेट्न पुगेकी चर्चा चलेको हो । तर उनी विशेष अर्को कामको लागि मुम्बई पुगेको खबर सार्बजनिक भएको छ ।
उनले एक अनलाईन संग कुराकानी गर्दै आयुष्मान संग एक दिनमात्रै भेटेको बताएकी हुन । उनले उक्त अनलाइन संग कुराकानी गर्दै यशराज स्टुडियोसँगै अर्को एउटा सिनेमाको अडिशनका लागि आफू मुम्बई पुगेको बताएकी हुन ।
उनले नेपालबाटै बलिउडको २ ओटा चलचित्रमा अडिसन दिइसकेको पनि खुलासा गरिन । उक्त अडिसनबाट छनौट भएको कारण दोश्रो अडिसनको लागि मुम्बई नै पुग्नु पर्ने भएको र अडिसन राम्रो भएको खुशी समेत व्यक्त गरिन ।
उनले यसअघि हिन्दी भाषामा एक चाउचाउको बिज्ञापनमा आमाको भुमिकामा काम गरिसकेकि छिन ।

Comments
Post a Comment