साउदी सरकारले गर्यो बोल्ड निर्णय अब साउदी अरवले भिजिट भिषा दिने

साउदी अरव सरकारले पर्यटक भिषा(भिजिट भिसा) दिने व्यवस्थालाई अनुमोदन गरेको छ । अल वाटन पत्रिकाका अनुसार पहिलो चरणमा साउदी अरवद्धारा अनुमति प्रदान गरिएका टुर अपरेटर मार्फत मात्र पर्यटक भित्रिन पाउनेछन् ।

सुहारा काउन्सीलका सदस्य जमाल अल फकिरीलाई उधृत गर्दै पत्रिकाले यसले साउदी अरवलाई पर्यटकिय गन्तव्य मुलुकका रुपमा विस्तार गर्ने अपेक्षा प्रकट गरिएको जनाएको छ ।

कट्टर मुस्लिम मुलुक साउदी अरेवियामा लाखौं आप्रवासी कामदारले काम गरिरहेको भएपनि सो मुलुकले हालसम्म पर्यटकहरुका लागि भिषाको व्यवस्था गरेको छैन । कतार, युएई लगायतका मुलुकहरुले आफूलाई पर्यटकिय गन्तव्य मुलुकका रुपमा विस्तार गर्दै गएपनि साउदी अरेविया अलग रुपमा रहँदै आएको छ ।

Comments