आफुलाई किड्नी दिने साथीलाई सम्झेर भावुक बन्दै यसरी अन्तर्वार्ता दिँदादिँदै रोइन् सेलेना...

 एजेन्सी – हलिउड सेलिब्रेटी तथा गायिका सेलेना गोमेज एक अन्तवार्तामा रोएकी छन् । अन्तराष्ट्रिय मिडियाका अनुसार सेलेना आफ्नी बेस्ट फ्रेन्ड फ्रान्सिया रेइजाको प्रशंसा गर्दै मिर्गौला प्रत्यारोपणपछि दिएको पहिलो अन्तर्वार्तामा सम्हालिन नसकेर भावुक बन्दै रोएकी हुन् ।

मिर्गौला दिएर आफ्नो जीवनरक्षा गरिदिएको भन्दै सेलेनाले अन्तर्वार्तामार्फत फ्रान्सियाप्रति आभारसमेत व्यक्त गरेकी छन् ।सेप्टेम्बर महिनामा इन्स्टाग्राममा फोटो सेयर गर्दै आफ्नो मिर्गौला फेल भएको खबर सार्वजनिक गरेकी थिइन् ।



हलिउडबाट केही समय हराएकीसेलेना गोप्य रूपमा मिर्गौला प्रत्यारोपण गरिसकेपछि बाहिर आएकी थिइन् ।गत मे महिनामा अकस्मात् बिरामी परेपछि अस्पताल जाँदा उनको मिर्गौला फेल भएको पत्ता लागेको थियो ।

त्यसपछि उनकी मिल्ने साथी २९ वर्षीया फ्रान्सिया मिर्गौला दान गर्न राजी भएकी थिइन् । सेलेना मिर्गौला प्रत्यारोपण गरेको चार महिनापछि स्वस्थ भइन् । मिर्गौला दान गर्ने फ्रान्सियाभन्दा सेलेना चाँडै स्वस्थ भएकी हुन् । सेलेनालाई मिर्गौला दिन पाएकोमा फ्रान्सिया निकै खुसी छिन् ।

Comments