सातदिने भिसामा वेटरका लागि मलेसिया पुगेका सुनसरी वराह नगरपालिका–९ प्रकाशपुुरका श्याम कार्की (सम क्षेत्री) अन्तर्राष्ट्रियस्तरका २२ वटा होटेलका ग्रुप म्यानेजर बनेका छन् । होटेलसम्बन्धी सामान्य तालिम लिएर सिंगापुर हुँदै मलेसिया पुगेका क्षेत्रीले छोटो अवधिमै यस्तो सफलता
पाएका हुन् ।
क्षेत्रीले पाए २२ वटा होटेलको चेन म्यानेजरको जिम्मा
साढे दुई वर्षे अवधिमा वेटरबाट काम सुरु गरी सुपरभाइजर, फ्रन्ट अफिसर हुँदै क्षेत्री म्यानेजरसम्मको उच्च पदमा पुगेका हुन् । उनले चीन, मलेसिया, सिंगापुरलगायत देशका २२ वटा होटेलको चेन म्यानेजर भएर काम गरिरहेका छन् । विश्वस्तरीय होटेलको गु्रप म्यानेजर हुने उनले कल्पना नै गरेका थिएनन् । ५ देशमा ६२ वटा शाखा होटेल भएको ग्रान्ड इन्टरनेसनल होटेलका उनी २२ वटा शाखाका म्यानेजर हुन् ।
नेपालमा जागिर नपाएपछि विदेश
स्थानीय प्रकापुर माविबाट एसएलसी पास गरेपछि धरानको सुनसरी टेक्निकल कलेजमा सिभिल इन्जिनियरिङ अध्ययन सकाएर जागिर खानकै लागि उनी काठमाडौं गएका थिए । भनेजस्तो जागिर नपाएपछि सिंगापुरको सपना देखेर उनले काठमाडौंको ह्वाइटहाउसबाट ०५७ मा होटेल म्यानेजमेन्टमा डिप्लोमा गरेका थिए । विदेशमा होटेलको आम्दानी राम्रो हुने सुनेका क्षेत्री ०६९ मा ७ दिनको भिसा लगाएर सिंगापुर हानिएका थिए । तर, उनले काम पाएनन् । काम नपाएपछि त्यहीँबाट उनी मलेसिया छिरे । त्यसपछि एक वर्षसम्म त्यहाँको होटेल सनवे पुुत्रा र सेराटन होटेलमा वेटरको काम गरेका थिए ।
कामप्रतिको लगावले सफलता
साढे दुई वर्षको अन्तरालमा दुई देशका होटेलका ग्रुुप म्यानेजर बन्न सक्नुमा कामप्रतिको लगाव र इमानदारी नै प्रमुख कारण रहेको उनको दाबी छ । क्षेत्रीले भने, ‘कामप्रतिको लगाव र ग्राहक तथा होटेल मालिकको विश्वासका कारण सफलता पाएको हुँ,’ छुट्टीमा घर आएका क्षेत्रीले भने, ‘इमानदार रूपमा काम गर्ने हो भने सफलता टाढा हुँदैन ।’
लुम्बिनी र भुटानमा होटेल खोल्ने तयारी
नेपालको लुम्बिनी र भुुटानमा पनि होटेल खोल्ने तयारी भइरहेको उनले जानकारी दिए । ५ वटा मुलुुकमा कम्पनीले ६२ वटा होटेल सञ्चालन गरिरहेको छ । उनका अनुुसार होटेलको पहिलो पुस्ताका मालिक पनि सामान्य परिवारका थिए । चीनमा रिक्सा तानेर केही पैसा जम्मा गरी उनीहरू काम गर्न मलेसिया छिरेका थिए । अहिले उनीहरूका छोराले कम्पनी सञ्चालन गरिरहेका छन् । रोबर्ट, इटी र इएस तानले होटेल स्थापना गरेका हुन् ।
होटेल मालिकलाई परामर्श
तान परिवारको मलेसियामा राम्रो व्यवसाय जमेको उनी बताउँछन् । प्रत्येक होटेलमा भएका म्यानेजरले बनाएको रिपोर्ट जाँच गर्ने र होटेललाई कसरी गुुणस्तरीय बनाउने भन्ने विषयमा उनले परामर्श दिन्छन् । क्षेत्रीले आफ्नै लगानीमा मलेसिया र सिंगापुरमा ट्राभल्स एन्ड टुर पनि खोलेका छन् । नेपालबाट जाने पर्यटकलाई मलेसिया र सिंगापुर घुुमाउने काम पनि गर्छन् उनी । द एराइज ट्राभल्समार्पmत नेपालमा पनि पर्यटक पठाउँदै आएको उनले बताए ।
नेपालमै अन्तर्राष्ट्रियस्तरको होटेल खोल्ने इच्छा
नेपालमा घुम्ने स्थान धेरै भए पनि त्यसका लागि पर्यटनका प्याकेज प्रवद्र्धनमा सबै पक्षको चासो हुनुपर्नेमा उनको जोड छ । नेपालमा अन्तर्राष्ट्रियस्तरका होटेल थोरै संख्यामा रहेकाले केही वर्षपछि नेपालमै अन्तर्राष्ट्रिय मापदण्डको होटेल खोल्ने योजना उनले सुनाए । क्षेत्रीले भने, ‘सिंगापुर र मलेसियामा भएको आफ्नो ट्राभल्समार्फत नेपालको पूर्वी क्षेत्रमा पर्यटक पुर्याउन पहल गर्नेछु ।’ दार्जिलिङ र इटहरीमा सञ्चालित इम्पेरियल इन्स्टिच्युटसँग सहकार्य गरी पर्यटन प्रवद्र्धनका काम गर्ने योजना रहेको उनको भनाइ छ ।
पार्टटाइमका रूपमा वेटर
०६९ अन्तिममा उनले चिनियाँ तीन दाजुभाइले खोलेको ग्रान्ड इन्टरनेसनल होटेलमा पार्टटाइम वेटरको काम पाए । नम्र स्वभाव, चातुर्य बोली र ग्राहकलाई रिझाउन सक्ने खुबीका क्षेत्री पार्टटाइस वेटरका रूपमा ग्रान्ड होटेलमा छिरेपछि सबैको मन जितेर भाग्य चम्काउन सफल भए ।उनी काम गरिरहेको होटेलमा मालिक ग्राहकका रूपमा आएका थिए । उनले मालिकलाई सेवा गर्ने मौका पाए । ‘मैले होटेल मालिकका लागि सेवा दिएँ । टिप्स पाउने आशमा कुरा गरे पनि पाइनँ । पछि बुझ्दा उनीहरू होटेल मालिक नै रहेछन्,’ उनले भने ।
ग्राहकसँग डिल गर्ने शैली र कामप्रतिको लगाव देखेर उनलाई कार्यालयमा बोलाइयो । त्यसपछि सुुपरभाइजरको नियुक्तिपत्र पाएको उनी स्मरण गर्छन् । सुपरभाइजरमा ४ महिना सेवा गरिसकेपछि सबै विभाग हेर्न ‘नो अब्जेक्सन लेटर’ पाएको उनले बताए । त्यसवेला उनले फ्रन्ट अफिस, किचेनलगायत सबै ठाउँको अध्ययन गर्ने मौका पाए । एक वर्षपछि उनले होटेलको म्यानेजरमा नियुक्ति पाए । त्यहाँबाट होटेलको हेडक्वार्टरमा काम दिइयो । त्यसपछि उनी मलेसिया र सिंगापुरमा कम्पनीका १४ वटा होटेलको व्यवस्थापन हेर्ने ग्रुप म्यानेजर बने । नयाँ पत्रिकामा खबर छ

Comments
Post a Comment