डिभोर्स पछि कारदेखि ल्यापटप सम्म आधा काटेर फिर्ता दिए श्रीमानले (फोटोहरु सहित हेर्नुहोस्)

आफ्नी प्रेमिकासँग ब्रेकअप भएपछि एक प्रेमीले जे गरेका छन् त्यो सुनेर तपाईं पनि दंग हुनुहुनेछ । प्रेमिकाले छोडेपछि ती व्यक्तिले सबै कुराहरु आधा फिर्ता दिने बिचार गरे जुन उनीहरुले सँगै किनेका थिए ।



युवकले आफ्नी पूर्व प्रेमिकालाई उनको भाग फिर्ता दिन आफ्नो घरको सबै सामान आधा गर्न सुरु गरे । यसका लागि उनले आफ्नो घरको सबै सामान जस्तै टिभी, ल्यापटप यहाँसम्म कि आफ्नो कारसमेत आरीले काटेर आधा गरे । त्यसपछि उनकी प्रेमिकाको आधा हिस्साको सामान उनीसम्म पुर्याए ।



प्रेमिकालाई उनको भाग पठाइसकेपछि युवकले आफ्नो हिस्सा भने अनलाइन सपिङ इबेमा हालेका छन् । यसका साथै युवकले आफ्नी प्रेमिका लौराका लागि युट्युबमा भिडियोसमेत पोष्ट गरेका छन् जसमा उनी आफ्ना सामानहरु काटिरहेका छन् ।



भिडियोमा उनले ‘थ्याङ्क्यु फर १२ ब्युटीफल इयर्स लौरा !! यु ह्याब रियल्ली अन्र्ड हाफ’ अर्थात् ‘१२ राम्रा वर्षहरुको लागि लौरा तिमीलाई धन्यवाद । तिमीले साँच्चै यी आधा सामान कमाएकी छौ’ भन्दै क्याप्सन पनि दिएका छन् ।



इबेमा पोष्ट गरिएको विज्ञापनमा धेरैजसो सामान एक युरो राखिएको छ । जबकी आधा एप्पल म्याकबुक प्रोको मूल्य ९.५ युरो राखिएको छ ।

Comments