अभिनेत्री विपना थापाले कुनै समय निकै राम्रो चर्चा कमाइन्। नाता रगतको, मितिनी, आगो, लगायतका धेरै चलचित्रमा अभिनय गरेकी विपना हाल गृहस्थ जीवन विताईरहेकी छिन्। भारतमा आशुतोष भारद्दोज संग विवाह गरेर उनि उतै वस्दै आएकी छिन्।
कुनै समय अभिनेत्री निरुता सिंहको अभिनय र सुन्दरताले निकै चर्चा पाउने गर्दथ्यो। तुलसी घिमिरेको निर्देशनमा निर्माण भएको चलचित्र ‘दर्पणछायाँ’ ले निरुतालाई नेपाली चलचित्र क्षेत्रमा दरिलो अभिनेत्रीको रुपमा उभ्यायो। ‘दक्षिणा’, ‘आफन्त’, ‘आफ्नो मान्छे’ लगायतका सफल चलचित्रमा अभिनय गरेकी निरुता छोटो समयमा नै मुम्बई पलायन भईन्।
अभिनेत्री रेजिना उप्रेतीले दर्जनौ चलचित्रमा अभिनय गरेकी छिन्। खानदान चलचित्रबाट अभिनेत्रीको रुपमा डेव्यु गरेकी रेजिनाले ‘वरदान’ चलचित्र मार्फत निर्मात्रीको रुपमा अगाडी बढ्ने कोशिस गरिन्। तर उनि सफल हुन नसकेपछि हाल सुरज अधिकारी संग विवहा गरेर वैवाहिक जीवन बिताईरहेकी छिन्।
अभिनेत्री अरुणिमा लम्साल हाल अमेरिकामा रहेकी छिन्। आफ्नो मान्छे आफ्नै हुन्छ, धड्कन, घायल, भरोसा, मेरो राजेश दाइ , के यो माया हो लगायत दर्जनौ चलचित्रमा अभिनय गरेकी अरुणिमा लम्साल कहिलेकाही बोल्ड सिनका कारण पनि चर्चामा आइन्। तर नेपाली चलचित्रमा लामो समय टिक्न नसकेकी अरुणिमा अमेरिकमा व्यस्त छिन्।
अभिनेत्री जल शाहले कुनै समय नेपाली चलचित्र क्षेत्रमा राम्रै स्थान जमाउन सफल भईन्। ९० को दशकको सफल अभिनेत्री जल शाहले अवतार, ठुल्दाई, नेपाली बाबु, आशिर्वाद, जेठो कान्छो, बुहारी लगायतका धेरै सफल चलचित्रमा अभिनय गरेकी जल शाह विवाह गरेर अमेरिका पलायन भएकी छिन्।
केहि चलचित्रमा अभिनय गरेकी हर्शिका श्रेष्ठ अभिनय भन्दा पनि प्रेमप्रसंगका कारण चर्चामा आईन्। फरक-फरक व्यक्ती संगको प्रेम प्रसंगका कारण चर्चामा आएकी हर्शिकाले केहि बर्ष अगाडी भारतीय नागरिक प्रसुन झुन्झुनवालासंग विवहा गरिन्।
अभिनयका कारण नै चर्चामा आएकि अभिनेत्री गरिमा पन्तले पनि विवहा गरेर युरोपलाई आफ्नो भविष्य खोज्ने देशको रुपमा लीइन्। हाल उनि पतिका साथ बेल्जियम बस्दै आएका छन्।
यी अभिनेत्रीका साथमा नन्दिता केसी, ऋचा घिमिरे , युना उप्रेती, उषा पोडेल लगायतका अभिनेत्री पनि हाल विदेशमा रहेका छन्।
साभार :Naya Khoj 24 बाट

Comments
Post a Comment