भोलि भगवान बिष्णु उठ्ने दिन (देवउठनी एकादशी) भगवान बिष्णुलाई प्रसन्न पार्न अपनाउनुहोस् यी उपाय....

हिन्दुधर्म ग्रन्थ अनुसार कार्तिक मास भोलि मंगलबार शुल्क पक्ष एकादशीको दिन भगवान बिष्णु निद्राबाट उठ्नु हुन्छ। त्यसैले यस तिथिलाई देवउठनी एकादशी भन्ने गरिन्छ ।


भोलि मंगलबारको दिन बिष्णु भगवानलाई प्रसन्न पार्न अपनाउनुहोस् यी उपाय
१, देवउठनी एकादशीको दिन दक्षिणावर्ती शंखमा गंगाजल भरेर भगवान बिष्णुको अभिषेक गर्नुहोस।
२, देवउठनी एकादशीको दिन भगवान बिष्णुलाई खिर, पहेलो फल र पहेलो रङको मिठाई चढाईदिनुहोस।


३, यदि तपाई धन प्राप्ति चाहनुहुन्छ भने देवउठनी एकादशीको दिन भगवान बिष्णुको साथसाथै लक्ष्मी माताको पुजा गर्नुहोस।

४, देवउठनी एकादशीको दिन साँझ तुलसी बोटको अगाडी गाईको शुद्ध घ्युको साथमा दीपक जलाईदिनुहोस। र तुलसीलाई प्रणाम गर्दिनुहोस।
५, देवउठनी एकादशीको दिन गाइको
 काँचो दुधमा केसरी मिलाएर भगवान बिष्णुको अभिषेक गर्नुहोस।
६, पिपलको बोटमा भगवान बिष्णुको रुप हुन्छ। त्यसैले देवउठनी एकादशीको दिन पिपलको बोटमा जल चढाउनुहोस्।

Comments