बुधबार राजधानीको महाबौद्धमा होलसेल व्यापार गर्ने भैसेपाटीेका अनिल श्रेष्ठको पसलमा एक यूवती आईन् ।
ब्ल्यांकेट किन्ने भन्दै पसल छिरेकी यूवती निक्कै सुन्दर देखिन्थिन् । सेल्समा रहेका स्टाफले ब्ल्यांकेट देखाए उनलाई मन पर्यो, मोलमाल भयो, पैसा तिर्दै गर्दा पसल सञ्चालसँग परिचय समेत आदान प्रदान भयो । यूवती सामान लिएर बाटो लागिन् । पछि पसलेले आफ्नो फेसबुकवालमा उनको फोटो देखे साथीको रिक्वेस्ट पठाए । पसलेको रिक्वेस्ट एसेप्ट भयो । फेसबुकमा निक्कै हाई प्रोफाईलका साथीहरु सहित सुन्दर फोटा र स्टाटस देख्दा लाग्यो सायद यूवती निक्कै प्रतिष्ठित परिवारकी सदस्य वा परिचय बनाएकी महिला हुन् ।
आफ्नै पसलमा आएका बेला परिचय र फोन नम्बर साटेकी यूवतीलाई पसलले साँझ फोन गरे । यूवतीले श्रेष्ठको फोन रिसिभ गरिन्, सामान्य कुराकानी भयो । उनले फेसबुक हेरेपछि निक्कै प्रभावित भएको भन्दै यूवतीसँग कफी पिउने समय मागे । यूवतीले पसलेको प्रस्ताव स्विकार गरिन् र भोलीपल्ट उनीहरुको भेट सातदोबाटोको साल्सबेरी सपिङ मलको कफि सपमा भयो ।
२ घण्टा सँगै कफि सपमा बसेका उनीहरु फेरि भेट्ने योजनासहित त्यहाँबाट छुटे । बेलुका यूवतीको फोन आयो । परिवारसँगै भएकाले फोन रिसिभ भएन् । केहिबेरमा व्यापारी आफैले फोन गरे । कुराकानी लम्बियो पसलको भेट, कफि सपको भेटका बारेमा कुरा हुँदै गर्दा अबको भेटबारे कुरा हुन थाल्यो । शनिबार हुने भेंटबारे उनीहरुले योजना बनाए । अस्वभाविक नजिकिएका उनीहरु फोनमा नै पछिल्लो भेंटबारे निक्कै खुल्न थाले ।
यतिसम्मकी उनीहरुले शारिरिक सम्र्पक कसरी कहाँ गर्नेसम्मका कुरा फोनमै गरे । शुक्रबार पनि उनीहरुको फोनमा नियमित कुरा भयो । शनिबार तय भएको भेटका लागी यूवती ट्याक्सी लिएर कोटेश्वर पुगिन् । व्यापारी पहिले नै कोटेश्वर चोक पुगेर यूवतीलाई पर्खिरहेका थिए । टयाक्सीमा आएकी यूवती व्यापारीको कारमा बसिन् र उनले काठमाडौंभित्र बस्न निक्कै अप्ठ्यारो लाग्ने भन्दै भक्तपुरको साँगा पलाँसे जाने प्रस्ताव गरिन् । व्यापारीले गाडी हाँकेर पलाँसे पुगे । पलाँसको एक रिसोर्टमा ४ घण्टा बसेपछि यूवतीको मोबाईलमा फोन आयो ।
सायद यूवतीले त्यो संवाद व्यापारीलाई सुनाउन चाहान्थिन् । फोनको स्पिकर अन थियो फोनमा यूवकले धम्कीपूर्ण भाषाको प्रयोग गरिरहेका थिए । फोन गर्ने यूवकले कारको नम्बर, व्यापारीको नाम, र बसेको रिर्सोटको कोठा नम्बरसहित अवैध सम्बन्धमा रहेको भन्दैं धम्कीपूर्ण भाषाले हप्काएपछि व्यापारी निक्कै तनावमा परे । त्यसमाथी यूवती अझ बढि तनावमा परेको अभिनय गरिन् र व्यापारीलाई थप तनाव दिन थालिन् ।
व्यापारीले आफैं फोन गर्ने यूवकसँग कुरा गरे । उनले आफ्नो परिवार इज्जत र कानुनले समेत समस्यामा पार्ने बुझेपछि ति यूवालाई नेपाल बंगलादेश बैंकको ५ लाखको चेक दिएर त्यहाँबाट छुटेका छन् । तर पारिवारमा समस्या आउने भन्दै उनी प्रहरीमा उजुरी गर्न भने अझै सकेका छैनन् । तर बिवाहित युवतीले भने आफ्नो परिवारले यो कुरा थाहा पाएको भन्दै बिहे गर्नुपर्ने वा अर्को व्यवस्थापन गरिदिनुपर्ने भन्दै मानसिक तनाव दिएर थप रकम असुल्ने प्रयास गरेकी छन् ।
यस्तै नेपाल प्रहरीकै एक पूर्व प्रहरी उपरिक्षकले बालाजुकी एक सौन्दर्य व्यावसायीलाई फेसबुकमा साथी बनाए । फेसबुकमा निक्कै सुन्दर फोटा र स्टाटस राख्ने ति महिलाबाट प्रभावित भएका एसपीले उनको फेसबुकमा नियमित प्रतिक्रिया जनाउन थाले । यसरी दोहोरो क्रियाप्रतिक्रिया बढेपछि उनीहरुको भेट समेत भयो ।
पहिलो श्रीमानसँग सम्बन्ध बिच्छेद गरेकी ति महिला र पूर्व प्रहरी उपरिक्षकका बीचको शारिरिक सम्बन्धलाई लिएर महिला जबरजस्ती करणीको उजुरी उच्चप्रहरी अधिकृतकोमा पुगेपछि अहिले यो बिषयसमेत ठुलो पैसा बुझाएर थामथुम भएकोे छ । पछिल्लो दिन सुन्दर यूवतीले जाल बुन्न थालेका यि निक्कै थोरै प्रतिनिधी घटनामात्रै हुन । तर राजधानीमा युवती परिचालन गरी नाटकीय रूपमा अपहरण गर्ने र बलात्कार मुद्दामा फसाउने भन्दै ‘ब्ल्याकमेलिङ’ गरेर पैसा उठाउने गिरोह राजधानीमा सक्रिय रहेको खुलेको छ ।
गिरोहका दुईजनालाई केही हप्ताअघि प्रहरीले पक्राउ गरेको छ । प्रहरीले कुमारनन्द खड्का र नवीनकुमार राईलाई पक्राउ गरेको हो । उनीहरूले सिन्धुलीका व्यवसायी रमेश कुँवरलाई अपहरण गरी धनमाल लुट्नुका साथै फिरौती लिएर छाडिदिएका छन् । कुँवरलाई ४ पुसमा युवतीकै काठमाडौंको सुकेधारास्थित डेरामा बन्धक बनाई १२ लाखको चेक लिएर छाडिएको थियो । पक्राउ परेका खड्का र राईलाई अपहरण तथा शरीर बन्धक मुद्दामा कारबाही अघि बढाइएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी गोविन्द पुरीले बताए ।
घटनाको तीन सातापछि २९ पुसमा गिरोहका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । तर यो गिरोहका युवतीसहित नाइके अहिलेसम्म फरार छन् । पक्राउ परेका खड्का र राई यूवतीको योजनामा प्रहरी बनेर धम्क्याउने व्यक्ति भएको खुलेको छ । प्रहरीका अनुसार व्यवसायी कुँवरसँग प्रेमको नाटक गरी युवतीले महाराजगन्जस्थित आफ्नो डेरामा लिएर गएकी थिइन् । डेरामा पुगेपछि आफ्ना सहयोगीहरू बोलाई बलात्कार गरेको बताएकी थिइन् ।
प्रहरीलाई खबर गरी बलात्कार मुद्दामा फसाइदिने भन्दै उनीहरूले ब्ल्याकमेलिङ गरेका थिए । कोठामै बन्धक बनाई पैसा दिए प्रहरीमा उजुरी नदिने भन्दै फिरौती माग्न थालेका थिए । पीडितको बयानअनुसार खड्का र राई आफूहरू प्रहरी भएको भन्दै कोठामा गएर उनलाई थप धम्क्याएका थिए ।
कुँवरसँग भएको नगद, मोबाइल, सुनको सिक्री लुटेपछि १२ लाख रुपैयाँ दिने सर्तमा उनलाई कोठाबाट मुक्त गरिएको थियो । मुक्त भएपछि कुँवरले आफूलाई योजनाबद्ध रूपमा फसाइएको भन्दै उजुरी दिएका छन् । ‘सो गिरोहले धेरैजनालाई फसाइसकेको बुझिएको छ,’ महाराजगन्ज वृत्तका डिएसपी पुरीले भने, ‘अन्य पीडितहरू पनि सम्पर्कमा आएका छन् ।’
पेसेवर रूपमा नै सो समूहले व्यवसायी तथा पैसावाल व्यक्तिहरू खोज्ने, सुन्दर युवतीहरू खटाएर प्रेमको नाटक गर्न लगाउने र सम्बन्ध राख्नका लागि भनेर कोठामा लिएर जाने गरेका छन् । त्यसपछि बलात्कार गरेको भन्दै पैसा माग्ने गरेको प्रहरीले जनाएको छ । सो समूहबाटै एक सरकारी कर्मचारीसमेत पीडित भएको प्रहरीले जनाएको छ ।
यसरी दैनिक रुपमा राजधानीमा काठमाडौंमा यस्ता घटनाहरु घट्ने क्रम बढिरहेको छ । सुन्दर यूवती देख्ने बित्तिकै लालायित हुने यूवा प्रवृति र त्यसपछि उत्पन्न हुने समस्याले पार्ने सामाजिक प्रभावका कारण यस्ता घटना राजधानी काठमाडौंमा भुसको आगोझै फैलदैं छन् ।

Comments
Post a Comment