बुटवलबाट तम्घास आउँदै गरेको बा४ ख ५५०१ नम्बरको माइक्रो गुल्मीको बिरवासमा दुर्घटना हुँदा ६ जनाको दुर्घटनामा परि मृत्यु७ जना घाइते

अपडेट: पछिल्लो जानकारी अनुसार भिरमै ७ जना घाइते फेला परेका छन्। ७ जना मध्ये ३ जनाको अवस्था अत्यन्त गम्भीर रहेको र घाइते सबैलाई उपचारको लागि पाल्पा पठाईएको छ। नेपाली सेना, शशस्त्र प्रहरी, जनपद प्रहरी लगायत स्थानीयले मिलेर उद्वार गरिरहेको जानकारी प्राप्त भएको छ। बस अझै पनि नदेखिएको भनिएको छ।

अपडेट: भर्खरै प्राप्त समाचार अनुसार ६ जनाको दुर्घटनामा परि मृत्यु भैसकेको र शव फेला परेको छ। उक्त शवहरू बाटोबाट तल भिरमा भेटिएको र स्थानीय र प्रहरीले निकालेको जानकारी प्राप्त भएको छ। बस एकदम तल कता छ भन्ने नै नदेखिएकोले मृतकको संख्या बढ्न सक्ने प्रहरी अनुमान छ।

थप जानकारीको लागि हाम्रा सहकारी प्रेम सुनार घटनास्थल जाँदै गरेकोले थप जानकारीको लागि गुल्मिन्युज हेर्दै गर्नु होला।

बुटवल बाट तम्घास जाँदै गरेको माइक्रो बस गुल्मी दर्बार गाउँ पालिका वार्ड नम्बर ४ बिर्बासमा केहि बेर अघि दुर्घटनामा परेको छ। पूर्ण विवरण न आइसके पनि बुटवल काउन्टरबाट १३ जना लिएर हिडेको बा ४ ख ५५०१ नम्बरको बस बिपरित दिशाबाट आएको बस संग ठोक्किएर दुर्घटनामा परेको हो।

बस बाटोबाट निकै तल खसेको र बस कहाँ निर छ भनेर नदेखिने स्थानीय प्रत्यक्षदर्शीले जानकारी दिएका छन्।

Comments