गाडी चलाउने अनुमती पाएका साउदी महिलाले अब फुटबल हेर्न पनि रंगशाला जान पाउनेभएपछी ....

कात्तिक १३ – साउदी अरेबियाका महिला अब फुटबल मैदानमा जान पाउने भएका छन् । साउदी सरकारले पहिलो पटक फुटबल स्टेडियममा महिलालाई जाने अनुमति दिन लागेको हो ।

 अर्को वर्षदेखि महिलाले  परिवारसँग फुटबल प्रतियोगिता स्टेडियममा गएर नै हेर्न पाउने बिबिसीले जनाएको छ । त्यसका लागि तयारी भइरहेको साउदी सरकारले जनाएको छ ।

यसअघि साउदी सरकारले महिलालाई गाडी चलाउन अनुमति दिएको थियो ।  साउदीमा महिलामाथि लगाएको विभिन्न प्रतिबन्ध विस्तारै खुकलो हुँदै गएको छ ।

साउदी सरकार पछिल्लो समयमा महिलाको अधिकारलाई सुनिश्चित गर्न अग्रसर भएको छ । यसको श्रेय क्राउन प्रिन्स मोहम्मद बिन सलमानलाई जाने खबरमा उल्लेख छ ।

Comments