बुद्ध लामाले बल्ल पाए कार,,,कार पाएपछि बुद्धले निकै हर्षित मुद्रामा..

पोखराका बुद्ध लामा अहिले स्टेज कार्यक्रममा व्यस्त छन् । नेपाल आइडल बनेपछि उनको क्रेज बढेसँगै स्टेज कार्यक्रममा उनको व्यस्तता बढेको हो ।
 नेपाल आइडल टोलीले नै उनीसहित प्रताप दास र निशान भट्टराईलाई विदेशका विभिन्न कार्यक्रममाहरु लगिरहेको छ ।

कतारमा भव्य कार्यक्रमको आयोजना गरि घोषणा गरिएको नेपाल आइडल विजेताले कार उपहार पाउने चर्चा व्यापक थियो । बीभीन्न अनलाईन  मीडीयाहरु मा बीभीन्न कीसीमका  अद्ल्कलबाजी का बीच पहीलो नेपाल आईडल बुद्ध लामा ले महीन्द्रा को कार उपहार प्राप्त  गरेका छन् ।
तर, बुद्ध लामा नेपाल आइडल भएको महिना दिनसम्म पनि कार उपहार नपाउँदा भोट गर्ने दर्शकले विरोधको आवाज उठाउन थालिसकेका थिए ।
यद्यपी नेपाल आईडल को आयोजक AP1 टेलीभीजन ले भने बीजेता को समय न मिल्दा उनलाई पुरस्कार बितरण गर्न न सकेको स्पस्टीकरण  दीदै आएको थीयो  ।
 यद्यपी, उनलाई एक कार्यक्रमकाबीच नेपाल आइडलले पाउने कार उपहार प्रदान गरिएको छ । कार पाएपछि बुद्धले निकै हर्षित मुद्रामा केहि तस्विर खिचाएका छन् ।

 

Comments