काठमाडौं : हात्तीको पुच्छरको रौं प्रयोग गरी बनाइएको गहना लगाएको भेटिए तत्काल पक्राउ गरी कारबाही गरिने भएको छ । राष्ट्रिय वन्यजन्तु अपराध नियन्त्रण समन्वय समितिको बैठकले चोरीसिकार नियन्त्रण गर्न यस्तो निर्णय गरेको हो ।
वनमन्त्री विक्रम पाण्डेको अध्यक्षतामा बसेको बैठकले वन्यजन्तुको चोरीसिकार नियन्त्रण र निराकरण गर्न कडाइ गर्नेसमेत निर्णय गरेको छ । हात्तीको पुच्छरको रौंमा सुन र चाँदी प्रयोग गरी हातमा बाला लगाउने चलन छ ।
समितिले सक्कली वा नक्कली जुनसुकै बाला लगाएको पाइए तत्काल कारबाही गर्ने निर्णय गरेको हो । बैठकले वन्यजन्तुको अंग प्रयोग गरी गहना नलगाउन सबैलाई सचेत गराउने निर्णय गरेको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ को दण्डसजाय महलअन्तर्गत ५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना र ५ देखि १५ वर्षसम्म कैद सजाय हुनेछ ।
चोरीसिकार नियन्त्रण गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली २०३०, संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियमन तथा नियन्त्रण गर्न बनेको ऐनअन्तर्गत कारबाही हुनेछ ।
संरक्षित वन्यजन्तुको तस्करी नियन्त्रण नगरे संरक्षणमा नेपालले कमाएको छवि गुम्ने भन्दै सतर्क भएर नियन्त्रण गर्न सबैलाई निर्देशन दिने समितिले निर्णय गरेको छ । बैठकमा चारै वटा सुरक्षा निकायका प्रमुख, गृह, कानुन, वन र अर्थ मन्त्रालयका सचिव, वन्यजन्तु विज्ञसमेत उपस्थित थिए ।

Comments
Post a Comment