जितुले सार्वजनिक गरे २१ बुँदे फेसबुक घोषणापत्र, यस्ता छन् बुँदाहरु

हाँस्यकलाकार जितु नेपालले २१ बुँदे फेसबुक घोषणापत्र सार्वजनिक गरेका छन् । फेसबुकमा आफुले गर्ने र नगर्ने कामहरुलाई छुट्याएर जितुले २१ बुँदे घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा २४ सै घण्टा मोवाईलमा नघोप्टनेदेखी अरुलाई गाली गरेर आफु सज्जन नबनेसम्म रहेको छ । पढौँ जितुको २१ बुँदे फेसबुक घोषणापत्रः

१-जिवनका महत्वपुर्ण समयलाई २४ सै घन्टा घोप्टो  मुन्टो लगायर मेबाईलमात्रै हेरेर चॉडै ऑखाको दृष्टी  गुमाउन तिर न लाग्ने ।
२- फेसबुक चलाउने समय निर्धारण गर्ने ।
३- साथीभाई संग बस्दा गफगाफमा ध्यान दिने घोप्टो  मुन्टो लायर को आको को गाको थाहै नहुने गरी  न झुन्डिने ।
४- कुनै कार्यलय, होटल रेष्टुरेन्टमा गयर सब भन्दा  पहीला वाई- फाईको पासवर्ड न माग्ने ।
५- घरभित्र प्रवेस गरेपछि परीवारलाई समय दिने ।
६- अरूलाई अनाबस्यक म्यासेज न पठाउने, र यो सेर गर्देउ र उ सेर गर्देउ भनेर दु:ख नदिने ।
७- यो म्यासेज तपॉईले पढेर कम्तिमा पनि २५/३० जनालाई पठॉउनु होला भन्नेका म्यासेज देख्ने बित्तिकै डिलीट गर्ने ।
८- समय सान्दर्भीक, बेला बेलामा आफ्ना कुरा लेख्ने अनाबस्यक कुरा लेखेर गाली खानी कॉम नगर्ने ।


९- अरूले लेखेको कुरा लेखेर, कपी पेष्ट भनेर बिद्वान हुन न खोज्ने ।
१०- अति नै सान्दर्भीक , सन्देस र चेतना मुलक कुराहरू  बाहेक घरी घरी जे पायो त्यही सेर न गर्ने ।
११- बिहॉन ६ बजै नै उठेर ओछ्यामै स्टाटसलेखेर प्रवचन नदिने ।
१२- अरूलाई गाली गरेर आफु सज्जन बन्न न खोज्ने।
१३- आफ्ना फ्रेण्ड सुभ चिन्तक फलोअर्सहरूलाई  भ्यायसम्म जन्नदिन लगायतका सुभकार्यमा sms र  कमेन्ट मार्फत बधाई तथा सुभकामना ब्यक्त गर्ने ।
१४- खाना खाको,पेट दुखेको ,निन्द्रा न लागेको,बुढिसंग झगडा परेको,दिक्क भाको वाक्कलागेका कुरा राखेर अरूलाई दिक्क न पार्ने।
१५-मान्छे मरेका, बिरामी भयका, दुर्घटनामा परेका हरूका फोटो लाईक नगर्ने कमेन्टमा दुख व्यक्त गर्ने ।
१६-मासु काटेको, खसी काटेको, कुखुरा भुत्ल्यायको, मासु पकाउदै गरेको रक्सी खॉदै गरेका फोटो लाई, लाईक र कमेन्ट केही न गर्ने।
१७- जो संग पनि भेट्यो कि धुतुनो चुच्चो पारेर सेल्फि खिचेर राखी न हाल्ने ।
१८-ओछ्यानमा पल्टियर फेसबुक चलायर १२/१ बजे सुतेर बिहॉन ९/१० बजे उठेर ब्यूउझने बित्तीकै फेरी मोबाईल समातेरै ट्वाईलेट नजाने ।
१९- धेरै कुरामा जान्ने सुन्ने भयर हर कुराको बिष्लेशक नबन्ने ।
२०- राजनितीक कुरामा खासै ध्यान न दिने ।
२१- सकिन्छ आफ्नै ब्यक्तीगत सहयोग गर्ने र त्यसको जानकारी सम्म दिने,तर अरू संग पैसा मागेर अरूलाई नै सहयोग गरेको फोटो राखेर धेरै ठुलो समाज सेबीको पहीचान बनाउन नखोज्ने।

Comments