डीभोर्सको चर्चा सेलाउन नपाउदै हिन्दी फिल्म ‘अन्दाज तेरा मेरा’मा गीत गाउदै गायिका मिलन अमात्य

कार्तिक १३, गायिका मिलन अमात्य भारतको आसामबाट गायकी करिअर सुरु गरेकी हुन् । उनी नेपालमा आएको छोटो समयमै र्चचाको शिखर चुम्ने गायिका मध्ये पर्छिन् ।

आसाममा उनी सेलेब्रीटि गायिका थिइन् । नेपालमा आएर संगीतमा करिअर बनाउने सपना बोकेकी मिलनले यतिबेला भने हिन्दी गीत गाउने अवसर पाएकी छन् ।

 नेपालमै बसेर यो अवसर पाउनु उनको लागि खुसिको विषय हो नै त्यसमा पनि नेपाली सांगीतिक क्षेत्रको सफलता समेत मान्नु पर्छ ।



मिलनले फेशबुकमा गीत रेर्कड गर्दै लाइभ भिडियो अपडेट गरेकी छिन् । जहा उनले हिन्दी फिल्म ‘अन्दाज तेरा मेरा’ मा प्लेव्याक फिमेल भोकल दिएको बताएकी छन् ।

 हिरारत्न शीरिशको शब्द, विश्वास नेपालको संगीत र आदेश गर्वुचामको संगीत संयोजन रहेको छ ।

Comments