मित्रता : क्लब छाडेपछि पहिलोपटक मेस्सी र स्वारेजलाई भेट्न बार्सिलोना पुगे नेइमार

एजेन्सी, कात्तिक १३
बार्सिलोनाबाट कीर्तिमानी रकममा पिएसजीमा अनुबन्ध भएपछि नेइमार पहिलोपटक
मेस्सी, स्वारेज र पिकेलाई भेट्न बार्सिलोना पुगेका छन् । फ्रेन्च लिग ‘लिग वान’ मा उत्कृष्ट लय समातिरहेका नेइमार मार्सेलीसँगको खेलमा रातो कार्ड पाएपछि प्रतिबन्धमा परेसँगै उनी सहकर्मी भेट्न बार्सिलोना पुगेका हुन् ।



नेइमार तथा मेस्सी स्वारेजको भेटबारे बार्सिलोना र नेइमार आफैंलै इन्स्टाग्राममा फोटो पोस्ट गर्दै यसबरे जानकारी दिएका छन् । ‘यस्ता दिन थिए, मैले मेस्सी र स्वारेजसँग समाचार सेयर गरिरहेको हुन्थें । फेरि भेट्न पाउँदा खुशी लाग्यो ब्रदर,’ नेइमारले फोटो सेयर गर्दै भनेका छन् ।

बार्सिलोनामा छँदा यी तीन खेलाडीको स्ट्राइक लाइनलाई संसारकै उत्कृष्ट मानिन्थ्यो । साथै, उनीहरुको मित्रताको पनि उत्तिकै चर्चा हुन्थ्यो ।





यो पनि हेर्नुहोला:

Comments