फेरि अर्को दुखद खबर: उदयपुरको कटारीमा दुर्घटना, मृत्यु हुनेकाे संख्या ९ पुग्याे,,देश भर तहसनहस ...


उदयपुर, कात्तिक १३ – उदयपुरको कटारीबाट ओखलढुगाको लागि छुटेको टाटासुमो दुर्घटना हुदाँ   ९ जनाको ज्यान गएको छ ।

२  जना घाइते भएका छन् । सोमवार कटारीबाट ओखलढुगाको लागि छुटेको ना १ ज ३४०४ नम्बरको टाटासुमो उदयपुरको कटारी नगरपालिकाको वडा नं. ८ ठाँटीमा दुर्घटना भएको हो ।
दुर्घटनामा ९  जनाको ज्यान गएको छ ।

२  जना घाइते भएका छन् । घाइते मध्ये २ को अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

टाटासुमो कटारीबाट ९ जनाको चलान लिएर ओखलढुगाका छुटेको र अन्य यात्रु बाटोमा चढाएको हुन सक्ने श्रेष्ठले बताउनुभयो ।

घटनामा ज्यान जानेको सनाखत हुन सकेको छैन । इलाका प्रहरी कार्यालयका डिएसपीसहितको टोली र स्थानीयबासी उद्धार कार्यमा खटिरहेका छन् । घाइते ३ जनालाई कटारी अस्पतालमा उपचारका लागि पठाइसकेको छ ।  यात्रुको शव भीरमा नै अड्किएका कारण निकाल्न कठिनार्इ भइरहेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

कटारीबाट ओखलढुंगा गइरहेको ना १ ज ३४०४ नम्बरको जिप आज दिउँसो सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी नगरपालिका–११ को ठाटीमा दुर्घटना भएको थियो।

जिप भीरबाट पाँच सय मिटर तल खसेको थियो। मृतकको सनाखत हुन सकेको छैन। उकालो सडकमा बढी लोड भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। रासस

Comments