कुवेत मा बस्ने नेपाली कामदारलाई खुसी को खबर:अब काठमाडौं-कुवेत सिधा उडान:

नेपाल र कुवेतबीच पहिलोपटक सिधा उडान हुने भएको छ ।केवेतको निजी एयरलाइन्स वातानीय एयरवेजले कुवेत-काठमाडौं उडान भर्न अनुमति पाएको हो ।



संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वातानीय एयरवेजलाई उडान अनुमति दिएको हो ।उक्त एयरवेजले अनुमति पाउसँगै नेपालमा २९ एयरलाइन्सले उडान गर्ने छन् । आजको कारोबारमा खबर छ ।

मन्त्रालयका उपसचिव प्रमोद नेपालले भने,

-वातानीय एयरवेजले दैनिक उडान भर्ने स्वीकृति पाएको छ ।

-केही महिनाभित्रै उडान थाल्ने योजनामा छ ।

-सिधा हवाइ उडानमा जोडिँदा त्यहाँ रहेका नेपाली कामदारलाई फाइदा पुग्ने छ ।

Comments