काठमाडौं । मित्रराष्ट्र भारतसहित चार देशका प्रहरीको संयुक्त तालिम (IPS 69 RR )मा नेपाल प्रहरीका प्रहरी निरीक्षकले बाह्य प्रशिक्षणको ‘बेस्ट अवार्ड’ हात पारेका छन् ।
प्रहरी निरीक्षक राजेशराज पुरीले सो अवार्ड हात पारेका हुन्। मित्रराष्ट्र भारतका गृहमन्त्री राजनाथ सिंहद्वारा उक्त ‘बेस्ट अवार्ड’ प्रदान गरिएको हो।
दीक्षान्त समारोहमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकरी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदी, प्रहरी उपरीक्षक बिनोद घिमिरे र प्रहरी नायव उपरीक्षक भुपेन्द्र खत्री सहभागी भएका थिए।
मित्रराष्ट्र भारतको हैदरबादमा संचालित पूर्वसन्ध्यामा हरेक वर्ष इन्डियन पुलिस सर्भिसमा नेपाल प्रहरीका तर्फबाट पाँच प्रहरी निरीक्षक सहभागी हुने गर्द्छन।
यो वर्ष भुटान, माल्दिप्स लगायतका देशबाट जम्मा १३६ जना सहभागी भएका थिए। सो तालिम भारतको हैदराबाद तालिम केन्द्रमा सञ्चालन हुने गर्छ।

Comments
Post a Comment