नयाँ दिल्ली (एजेन्सी)– भारतमा फेरि अर्को बाबा विवादमा फसेका छन्। जोधपुरका हाइ–प्रोफाइल बाबा महन्त सुन्दर दास महाराज विरुद्ध उनकै चेलीले बलात्कारको आरोप लगाएकी छिन्।
दिल्ली पुलिसले ती चेलीको उजुरी दर्ता गरेका छन् भने बाबाको खोजी जारी छ । ७५ वर्षीय महन्त दास महँगा गहना र विलासी जीवन बिताउन सौखिन मानिन्छन् । दिल्ली र जोधपुरमा उनको आश्रम छ।
दिल्लीको सब्जीमन्डी क्षेत्रमा रहेको आश्रममा बसोबास गर्ने बाबा मुद्दा दर्तापछि फरार छन् । पीडित महिलाले कोठामा एक्लो भएको अवस्थामा आफूलाई बोलाउने गरेको र लामो समयदेखि यौन शोषण गरेको आरोप लगाएकी छन्।
पीडित महिलाका अनुसार, उनी २०१२ मा बाबाको सम्पर्कमा आएकी थिइन् । उनले बाबाकै उक्साहटमा आफूले पहिलो श्रीमानलाई छोडेर आश्रममै बसोबास गर्ने अर्को व्यक्तिसँग विवाह गरेको बताएकी छन् । २०१४ मा बाबाले आफूसँग गलत काम गरेकोबारे श्रीमानलाई भनेको र यसपछि दुवैले आश्रम छोडेको उनले बताइन्।
उनले आफूहरुले आश्रम छोडेर गएपछि आक्रोशित बनेका बाबाले आफ्नो श्रीमान विरुद्ध उल्टै बलात्कारको आरोपमा जेल पठाएको दाबी गरिन् । पीडितका श्रीमान् अहिले पनि जेलमाै छन्।
श्रीमानलाई जेल पठाउने अदालतको निर्णयपछि महिलाले अक्टोबर २ मा बाबा विरुद्ध मुद्दा दायर गरेकी थिइन् । आश्रममा बसोबास गर्ने केही महिलाले भने आरोपको खण्डन गरेका छन् । पीडित महिलाका अनुसार बाबाका १० हजारभन्दा बढी भिआइपी भक्तहरु छन्।

Comments
Post a Comment