दमक : झापाको दमकमा आफ्नै श्रीमतीको कुटाई बाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दमक -९ शान्तिचोक बस्ने ५५ वर्षीय बिदुर नेपाली रहेका छन्। शुक्रबार आफ्नै श्रीमतीको कुटाइबाट बिदुरको मृत्यु भएको हो।
४८ वर्षीय श्रीमती सानुमाया दर्जीले मादकपदार्थ सेवन गरेर कुटपिट गर्दा उनको घरमै मृत्यु भएको प्रहरीले जनाएको छ। श्रीमान् श्रीमती दुबै जना मादक पदार्थ सेवन गरी सधै जसो झगडा गर्ने गरेको छिमेकीले बताएका छन्।
मृतक बिदुरको शरिरमा कुटपिट गरेको निलडाम रहेको प्रहरीले जनाएको छ। शरीरमा निलडाम बाहेक अन्य धारिलो हतियार प्रयोग नभएको देखिएकाले आपसी झगडाका कारण मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।
बिदुरको शव पोष्टमार्टमका लागि उर्लाबारी स्थित मंगलबारे अस्पातल लगिएको छ। कुटपिट गर्ने श्रीमती सानुमायालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए।
साभार:सत्य समाचार

Comments
Post a Comment