काठमाडौं, १५ कात्तिक । अत्याधुनिक हतियारसहित काठमाडौँ छिरेको भारतीय सुटर प्रहरीको फन्दामा परेका छन् ।
काठमाडौँको कमलादीमा बुधबार साँझ गोली चलाएपछि दुई जना भारतीय सुटर प्रहरीको फन्दामा परेका हुन् । काठमाडौँको कमलादीस्थित हेरिटेज प्लाजामा रहेको गण्डकी खाजा घरमा बिल तिर्ने बेलामा लफडा भएपछि उनीहरुले गोली चलाएका थिए । खाजाको बिल २२ सय रुपैयाँ उठेको थियो । बिल बढी भएको भन्दै उनीहरुले खाजाघरमा काम गर्ने युवतीलाई धम्क्याएका थिए । सोहीक्रममा भनाभन भएको खुलेको छ । आफूहरु सादा पोशाकको प्रहरी भन्दै उनीहरुले बिल नतिर्ने भन्दै धम्क्याएका थिए । विवादले उग्र रुप लिएपछि उनीहरुले खाजा घरको भित्तामा गोली हानेर भागेका थिए ।
भाग्दाभाग्दै उनीहरुलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीले कमलादीस्थित गणेशस्थानबाट पक्राउ गरेको हो । पक्राउपछि सोधपुछ गर्दा उनीहरु भारतीय सार्पसुटर भएको खुलासा भएको छ। प्रहरीका अनुसार, उनीहरु मंगलबार मात्र सुनौली नाका हुँदै काठमाडौँ आएका थिए ।
पक्राउ पर्नेमा पञ्जावको लुधियाना घर भएका जसवन्त सिंह र देवेन्द्र सिंह रहेका छन् । उनीहरुको साथबाट अटोमेटिक पेस्तोल र ५१ राउण्ड गोली बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीले जानकारी दिए ।
चुनावको मुखमा काठमाडौँमा ठूलै घटना घटाउने उद्देश्यले उनीहरु काठमाडौँ आएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

Comments
Post a Comment