काठमाडौं- अभिनेत्री एवम पूर्व मिस वर्ल प्रियंका चोपडा संसारको सर्वाधिक शक्तिशाली महिलाको सुचिमा सुचिकृत भएकी छन्। विश्वप्रसिद्ध पत्रिका ‘फोब्स’ ले सार्वजनिक गरेको सुचिमा उनी ९७ नम्बरमा परेकी हुन्। संचार तथा मनोरञ्जन उद्योगका महिलाको सुचिमा भने उनी १५ औं स्थानमा अटाएकी छन्। उनी प्रसिद्ध बेलायती लेखिका जेके रोलिङ भन्दा एक स्थान तल छिन्।
उनी संयुक्त राष्ट्रसंघको भगिनी संस्था युनेस्कोको सदभावना दुत समेत हुन। उनी एकसाता अगाडि मात्र सर्वाधिक पारिश्रमिक बुझ्ने टेलिभिजन सेलेब्रेटीको सुचिमा पिन परेकी थिइन। चर्चित अमेरिकी शो ‘क्वान्टिक’को लागि उनले एक वर्षको अवधिमा करिब १० मिलियन अमेरिकी डलर पारिश्रमिक बुझेको बताइन्छ। याे सुचिमा उनी ८ औ नम्बरमा छिन्।
शक्तिशाली महिलाको सुचिमा जर्मन चान्सलर एंजेला मर्केलले कब्जा जमाएकी छन्। उनी पछि याे सुचिमा बेलायती प्रधानमन्त्री थेरेसाकाे नाम छ। माइक्रोसफ्टकी मेलिन्डा गेट्स तथा फेसबुककी सिईओ सेरल स्यान्डबर्ग पनि याे सुचिमा छन्।

Comments
Post a Comment