सुन्दर सपना बोकेर तीन महिना अघि कतार गएका पासवानको हत्या, परिवारमा रुवाबासी

काठमाडौँ – सिरहाका जीवछ पासवानको कतारमा हत्या भएको छ । रोजगारीका लागी तीन महिना अघि मात्र गएका पासवानको एक हप्ता अघि आफ्नै कोठामा हत्या भएको बताइएको छ । हत्याको आरोपमा उहाँसँगै काम गर्ने धनुषाका रामबली रामलाई प्रहरीले पक्राउ गरेको छ ।

कतारको अलमोइज कम्पनीमा कार्यरत पासवानलाई कोठामा भात पकाउने क्रममा रामबली रामले छुरा प्रहार गरी हत्या गरेको बताइएको छ ।३४ वर्षका पासवानका श्रीमती दुई जना छोरा र तीन जना छोरी रहेका छन् । उनको परिवार अहिले शोकाकुल बनेको छ ।पासवानका परिवारले शव झिकाइदिन माग गर्दै गाउँपालिकामा पनि निवेदन दिएको बताइएको छ ।

साभार:सत्य समाचार

अन्य समाचार

बाघको आक्रमणबाट घाइते केटोको मृत्यु

कात्तिक १५, २०७४ चितवन : पश्चिम चितवनको मेघौलीबाट उद्धार गरिएको एउटा गैंडाको बच्चा (केटो) को मृत्यु भएको छ। बाघको आक्रमणमा परी गम्भीर घाइते अवस्थामा उद्धार गरिएको अन्दाजी २ वर्षको गैंडाको बच्चा (केटो) मंगलबार राति मरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए। अत्यन्त नाजुक अवस्थामा उद्धार गरिएको गैंडाको केटो हिजो साँझ हिँड्दै गर्दा ढलेपछि उठ्न नसकेको कँडेलको भनाइ छ।

आफ्नो ज्यानसमेत धान्न नसक्ने अवस्थाको केटोको उद्धार गरिएको थियो। बाघले आक्रमण गरेको घाउमा किरा परेको अवस्थामा गस्ती टोलीले देखेपछि ३ दिनअघि गैंडाको उद्धार गरेर चितवनको सौराहामा ल्याइएको थियो। शरीरका विभिन्न भागमा बाघले चिथोरेर घाउ बनाएको थियो। पिठ्युँमा गम्भीर चोटसमेत थियो। जसका कारण उपचार प्रयास सफल हुन नसकेको निकुञ्जले जनाएको छ। सौराहामा यसअघि बाढीले बगाएर उद्धार गरिएको र निकुञ्जको पश्चिम क्षेत्रमै भेटेर ल्याइएको दुई वटा गैंडाका केटा रहेको पूर्वी क्षेत्र प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए।

Comments