हुकुम चलाउने मालिक ‘पति’ होइन, जीवनभर साथीको व्यवहार गर्ने जिवनसाथी खोजेकि छु’
५ वर्षअघि नै भारतीय टेलिभिजन च्यानल स्टार प्लसबाट प्रशारण भइसकेको आमिर खानले सञ्चालन गर्ने ‘सत्यमेव जयते’
कार्यक्रममा भारतमा लामो समयदेखि महिलाका अधिकारको क्षेत्रमा काम गरिरहेकी कमला बशिनले बोलेको कुरा अहिले पनि फेसबुकमा धेरै जनाले शेयर गर्ने गरेका छन्। जसमा उनले पुरूषले आफूलाई सर्वशक्तिमान ठान्ने गरेकाले महिला र पुरुषबीच भेदभाव हुने गरेको र पुरूषले महिलामाथि हिंसा गर्ने गरेको बताएकी छन्।
उनका अनुसार म पुरूष भएकै कारण सबैभन्दा बलियो छु, त्यस कारण म सही छु भन्ने सोचाईका कारण उनीहरुले महिलामाथि हिंसा गर्ने गरेका हुन्।
प्रकृतिले बच्चा जन्माउने र स्तनपान गराउनसक्ने बाहेक महिला र पुरुषबिच कुनै किसिमको भेदभाव नगरेको भन्दै उनले भनेकी छन्– ‘पुरुषलाई खाना नबनाउ, बच्चा नहेर, घरको काम नगर भनेर प्रकृतिले छुट्याएको छैन।
पुरूष पनि ममतामयी बन्न सक्छन्, अनि महिला क्रुर पनि बन्न सक्छन्। महिला भएकै कारण कोमल हुनुपर्छ र पुरूष भएकै कारण रूनुहुदैँन भन्ने दुबै किसिमको मान्यता गलत हो। ’
अर्को प्रसंगमा उनले भनेकी छन्– ‘आफू सर्वशक्तिमान छु भन्ने सोच पुरूषमा रहिरहे उसले कमजोर ठानेका महिलाहरुमाथि हिंसा गरिरहन्छ र जति धेरै हिंसा गर्दै जान्छ, त्यतिनै मात्रामा उसभित्र रहेको मानवता संकटमा पर्दै जान्छ अनि अन्त्यमा उसको अस्तित्व नै नामेट हुनसक्छ।’
यो प्रशंग सगैँ अब जोडौँ हाम्रो समाजको कुरा। हाम्रो समाजमा एउटा भनाई छ, पति र पत्नी एक रथका दुई पांग्रा हुन्। यसको मतलब हुन्छ, समान, बराबरी, न कोही बढी न कोही कम। एउटा पांग्राले रथ नचलेजस्तै पति वा पत्नीबिना घरबार पनि सम्भव छैन।
बृहत् नेपाली शब्दकोषमा ‘पति’ शब्दको परिभाषा यसरी दिइएको छः कुनै वस्तु वा व्यक्तिको धनी। कुनै विवाहित स्त्रीको लोग्ने। राष्ट्रको सर्वोच्च शासक। पाशुसत दर्शनानुसार अपरिमित ज्ञानशक्ति र प्रभुशक्तिले युक्त। यस अनुसार पति भनेको सर्बश्रेष्ठ व्यक्ति हो
, ऊ मालिक हो, उभन्दा माथि कोही पनि छैन भन्ने बुझिन्छ। मालिक भनेको शासक हो। शासकले जहिले पनि शासन नै गरिरहन खोज्छ। कोही आफूभन्दा माथि आउन मात्र खोज्यो भने त्यसलाई दबाउन खोज्नु शासकको धर्म हो। यसअर्थमा शाब्दिक रुपमा पती शासक हो।
हाम्रो समाजमा पती र पत्नीलाई एक रथका २ पांग्रा भनिए पनि व्यवहारिक त्यो हुन सकेको छैन। कमला बशिनले भनेको जस्तो म पुरूष भएकै कारण शासक हुँ किनकी म सर्वशक्तिमान छु भन्ने मानसिकताले यसरी जरो गाडेको छ कि चाहेर पनि उनीहरुले आफ्नी पत्नीको अस्तित्वलाई आफूजतिको अर्थात बराबरीका रुपमा स्वीकार्न सकिरहेका छैनन्। मान्नुहोस् या नमान्नुहोस्
यो हाम्रो समाजको यर्थात हो, कटु सत्य हो। त्यही भएर त कानुनी रुपमा धेरै अधिकार पाए पनि यथार्थमा महिलाहरु बराबरीको लडाईँ लडिरहन अझै बाध्य छन्।
कतिले तर्क दिनुहोला, महिला र पुरुष कहिले पनि बराबरी हुँदैनन्। प्रकृतिले नै महिला र पुरुषलाई फरक बनाइदिएको छ। महिलाले बच्चा जन्माउन सक्छे भने पुरुषले सक्दैनन्। बास्तवमै यो कुरा सही हो,
त्यही भएर त महिलाले प्रकृतिले दिएको कुरामा बराबरी नखोजी समाजले छुट्याइदिएको कुरामा बराबरी खोजिरहेका छन्। महिला भएकै कारण उसले घरभित्रको काम गर्नुपर्छ, महिला भएकै कारण उसले राति हिँड्न हुँदैन, महिला भएकै कारण ऊ सानो स्वरमा बोल्नुपर्छ,
महिला भएकै कारण उसले परिवारको मानमर्यादामा ध्यान दिनुपर्छ, महिला भएकै कारण घर सम्हाल्नुपर्छ अनि पुरुष भएकै कारण ऊ राति हिँड्दा इज्जत जाँदैन, पुरुष भएकै कारण उसले घरभित्रको, घर सम्हाल्ने काम गर्नुपर्दैन, पुरुष भएकै कारण जति ठूलो स्वरमा बोले पनि उसलाई कसैले केही भन्दैन आदि।
माथि उल्लेखित कामहरु पुरुष महिला जसले भ्याउँछ त्यसले गर्ने हो, महिला वा पुरुष भएकै कारण यो गर्ने र यो नगर्ने भनेर छु्ट्याउने अधिकार कसैलाई छैन। समझदारीमा सबै काम दुबैले मिलेर गर्ने हो।
आजकल सामाजिक सञ्जालहरुमा महिलाका विषयमा धेरै कुराहरु पोष्ट हुन्छन्। महिलाहरु महान हुन्छन्, महिलाहरु घर पनि सम्हाल्छन्, बच्चा सम्हाल्छन्, कार्यालय सम्हाल्छन्,
समाज अनि पुरै देश सम्हाल्छन्। हो महिलाहरु जे काम पनि गर्न सक्छन् तर यसको मतलब यो होइन कि उनीहरुलाई फूर्क्याएर सबै जिम्मेवारी थोपरिदिने। समानता उनीहरुलाई पनि चाहिन्छ भन्ने लाग्ने हो भने व्यवहारिक रुपमा त्यसको अनुभूति गराउन सक्नुपर्छ। स्वतन्त्रता र समानता भन्ने कुरा तपाईँले अरुलाई दिने होइन, स्वयम् व्यक्तिले अनुभव गर्ने कुरा हो।
आजकल खास गरेर शहरमा बस्नेमध्ये केही बाहेक अधिकांश पती र पत्नी दुबै जनाले जागिर खान्छन्। पती जागिर खाने अनि पत्नीचाहीँ घरै बस्नेहरु एकाद बाहेक छैनन्। दुबै पति पत्नी कामकाजी भएपछि घर चलाउने जिम्मा पनि दुबैको हो। यसमा समानता, असमानता, महिला अधिकार लगायतका कुराहरु जोड्न आवश्यक नै छैन तर हाम्रो समाज हाम्रो अगाडि छ,
जसले हामीलाई हाम्रो लिंगका आधारमा नै हाम्रो कामको बाँडफाँड गरिदिएको छ र हामी चित्त बुझे पनि नबुझे पनि सरासर त्यही कुरा मान्न तयार छौँ। नमानेर के गर्नु समाजको विरुद्धमा बोल्नेहरुको हालत कस्तो हुन्छ नदेखेको होर?
ऊबेला समाजले तोकिदिएको कुरा अहिले पनि लागू गर्न खोज्ने र त्यो कुरा नमान्दा समाजविरोधी, संस्कारविरोधीको संज्ञा दिने यो समाज सुध्रनुपर्छ। आखिर समाज भन्ने छुट्टै कहाँ छ र यँहा ? तपाईँ हामी नै होइनौ र समाज भनेका। पहिले पतीहरु बाहिर हलो जोत्थे
, खेत खन्थे र पत्नीहरु खाना बनाउँथे, भाँडा माझ्थे। बरू पहिला उनीहरु मिलीजुली काम गर्थे तर अहिले जमाना फेरिएको छ। खास गरेर शहरी भेगमा बस्नेहरु पती र पत्नी दुबैले एकै किसिमको काम गर्ने गर्छन् अर्थात दुबैजना अफिसमा काम गर्छन्। यो परिवेशमा पनि महिलाले अर्थात पत्नीले चाहीँ अफिसको काम गरेर घरको काम गर्नुपर्ने बाध्यता नै छ, जुन कुरामा मलाई आपत्ति छ।
पति पत्नी कार्यालयमा चाहीँ एकै किसिमको काम गर्ने अनि घरको खाना बनाउने, भाँडा माझ्ने काम पत्नीले अर्थात महिलाले नै गर्नुपर्ने बाध्यता किन? पतीले चाहीँ सघाउने मात्र रे? के उसको चाही घर होइन र, के उसको पनि समान दायित्व होइन र घर चलाउने? ऊ चाहीँ बाहिरको मान्छे हो र पत्नीलाई सघाउन भन्ने।
कार्यालयबाट घर पुगेपछि पती चाहीँ टिभी हेरेर वा इन्टरनेट चलाएर बस्ने अनि पत्नी चाहीँ जति थकाई लागे पनि हतार हतार लुगा फेरेर बालबच्चालाई खाजा दिएर खाना बनाउनतिर लाग्ने। ठिक छ पत्नीले आफ्नो दायित्व पुरा गर्नु गलत होइन तर पत्नीलाई त्यही कुरा बाध्यता, अनि पतीलाई चाहीँ अप्सन। एक रथका दुई पांग्राबिच यो असमानता किन?
यो सोच कसले स्थापित गरेको ? एउटै काम गरेर आउने दुई जनाबीच यति भेदभाव? अनि अर्को अचम्म लाग्ने कुरा, पतीले खाना बनाउने, लुगा धुने,
बालबच्चा हेर्ने काम गर्दा यो समाजले नै त्यो कुरा पचाउन नसक्ने? ओ हो फलानाकी श्रीमती, फलानाकी बुहारी त आफ्नो श्रीमानलाई सबै काम लगाएर आफू बस्छे ? कस्ती संस्कार नभएकी रहिछे रे।
उफ् समाज। छोरा भएकै कारण उसले घरको काम गर्न नपर्ने अनि केही काम गर्दा पनि दोष चाहीँ छोरी मान्छेले पाउनुपर्ने।
केही दिन अघि मेरा एक मित्रले बढो गर्वका साथ भन्नुभयो, मैले त मेरी पत्नीलाई पुरा स्वतन्त्रता दिने गरेको छु। उसलाई खान, लाउन, हिँड्न केही कुरामा पनि रोकटोक गर्दिन।
अनि किचेनमा पनि म उसलाई पुरा सहयोग गर्छु। उसको कुरा सुनेर सुरुमा त मलाई एकदम खुसी लाग्यो तर पछि यसो सोच्दै गएँ अनि लाग्यो –स्वतन्त्रता, समानता भन्ने कुरा अनुभव गर्ने हो, कसैले दिने होइन। न त पतीले पत्नीलाई दिने हो न त बाबुले छोरीलाई न त बुहारीलाई नै।
अनि फेरि लाग्यो–ए बाबा पत्नीलाई यसो गर्न दिन्छु र उसो गर्न दिन्छु भन्नु स्वतन्त्रता दिएको नभई उसलाई बन्धनमा राखेको चाहीँ हो नत्र नैसर्गिक अधिकारका रुपमा पाएको स्वतन्त्रता दिने तपार्इँ को हो?, पती पत्नी एक रथका २ पांग्रा पनि भन्ने अनि फेरि म पत्नीलाई यति स्वतन्त्रता दिन्छु भन्ने।
हामी दुबै मिलेर काम गर्छौ भन्नुहोस् न बरु, त्यो चाहीँ हो नारीले खोजेको समानता । यस्तो कुरा गर्दा म अतिनै नारीवादी जस्तो देखिन्छु होला तर मैले भन्न खोजेको एउटै कुरा भनेको नारी र पुरुष बराबरी हुनुपर्यो। कोही कसैको मालिक वा कोही कसैको दास होइन।
बराबरी, समान। अनि मात्र हुन्छ, व्यवहारिक रुपमा विकास। जबसम्म म पति हुँ अर्थात म मालिक हुँ भन्ने अहम सोच पुरुषमा रहन्छ तबसम्म नारीहरु कहिले पनि माथि पुग्न सक्दैनन्। अहिले सम्बन्धविच्छेद हुनुको एउटा कारण भनेको पुरुषहरुले आफ्नो सोच बदल्न नसक्नु पनि एक हो।
जब घरमा पत्नीले बराबरीको कुरा गर्न थाल्छे उनीहरुभित्र भएको पुरुषबादी तत्वले आफ्नी पत्नीले आफू बराबर अधिकार खोजेको स्वीकार गर्न सक्दैनन्। जसका कारण झगडा हुने, मनमुटाव हुने र अन्त्यमा सम्बन्धविच्छेदसम्म हुने गरेका धेरै उदारहणहरु हाम्रो समाजमा आइरहेका छन्।
एकजना अलि बुज्रुक महिलाले यही नारीपुरुष समानताको विषयमा कुरा हुँदै गर्दा मलाई भनेको सन्दर्भ यहाँ जोडौँ। उनका पतीलाई उनले तरकारी ल्याइदिनुस् वा केही भनेर काम अह्राएको मन पर्दैन रे, कारण उनको पुरूषवादी सोच, हैकमवादी सोच।
उहाँ जस्ता पत्नी भएर मलाई अह्राउने भन्ने सोच भएका धेरै पुरुषहरु हाम्रो समाजमा छन् अनि तरकारी ल्याइदिएर के के गरेँ भनेर फूर्ति लगाउनेहरु पनि यहाँ छन्। मलाई यी २ वटै वर्गमा पर्ने पुरुषहरु मन पर्दैन।
दुबैजना मिलेर किचेनमा काम गर्दा, पत्नीसँग र पत्नीबिना पनि परेको बेला खाना बनाउने र परिवारलाई खुवाउने र त्यसो गर्दा उसलाई हिनताबोध हुनुको सट्टा गौरब लाग्ने पुरुष अर्थात जिवनसाथी चाहान्छन् अहिलेका महिला।
साभार तात्तातो खबर

Slot Machine Games - Mapyro
ReplyDeleteThe most popular 군포 출장샵 slot machines of all time. Check 세종특별자치 출장마사지 out 남원 출장샵 the titles found in 양주 출장샵 the top 20 most played casino slot machines. Discover which are the top 10 most played 대구광역 출장안마 slot machines