बेलायती सञ्चारमाध्यमले जनाए अनुसार टेलिग्राममा आइएसले राजकुमार जर्जको तस्बिर सार्वजनिक गरेको छ । बेलायती सञ्चार माध्यमले राजकुमार जर्जको नाम आइएसको हिट लिस्टमा रहेको जनाएका छन् । राजकुमार जर्ज भर्खरै मात्र विद्यालय जान लाग्नुभएको हो ।
बेलायतको पत्रिका ‘स्टार सन्डे’ का अनुसार इस्लामिक स्टेटले सामाजिक सञ्जालमा राजकुमार जर्जको तस्बिर सार्वजनिक गर्दै लेखेको छ, ‘स्कूल स्टार्ट्स अर्ली ।’
सन् २०१५ मा आइएसले बेलायती महारानीको ज्यान लिने धम्की दिएको थियो । पछिल्लो महिना मात्रै राजकुमार ह्यारीलाई आइएसले धम्की दिएको थियो ।
Comments
Post a Comment