बलिउडका ९ जना सुपस्टार लाई पक्रन उच्च अदालतको आदेस ?को क परे हेर्नुहोस

कार्तिक १४, काठमाडौँ

दक्षिण भारतीय फिल्म ‘बाहुबली’ र ‘बाहुबली–२’मा कटप्पाको भूमिका निर्वाह गरेका अभिनेता सत्यराजसहित अन्य ९ कलाकारलाई पक्राउ गर्न अदालतले आदेश दिएको छ । उनीहरुलाई सन् २००९ मा मानहानीको मुद्दा लागेको थियो । सोही मुद्दा अहिले बाहिर आएर चर्चा भएको हो ।

पक्राउ पुर्जी जारी भएका अभिनेताहरुमा दक्षिण भारतका अर्का चर्चित अभिनेता सूर्या पनि छन् । चर्चित दक्षिण भारतीय फिल्म ‘गजनी’, ‘सिंघमु’ ‘सिंघम २’ जस्ता थुप्रै चर्चित फिल्मका अभिनेता सूर्यासहित चेरान, विजयकुमार, सरतकुमार, विवेक, श्रीप्रियालगायत छन् ।

उनीहरुले एक पत्रकारमाथि निकै विवादास्पद बयान दिएका थिए । त्यसपछि उनीहरुविरुद्ध सन् २००९ को अक्टोबरमा मानहानीको मुद्दा दायर भएको थियो । तर, उनीहरु अदालतमा उपस्थित भएका थिएनन् । उनीहरुले हालसम्म यस विषयमा कुनैपनि प्रतिक्रिया दिएका छैनन् ।

Comments