गाईघाट । उदयपुरको बेलका नगरपालिका-५ स्थित घुम्नेमा सोमबार साँझ जग्गाको विवाद हुँदा आफ्नै सहोदर भाइले खुकुरी प्रहार गरी दाजुको हत्या गरेका छन्।
इलाका प्रहरी कार्यालय रामपुरका अनुसार हत्या हुनेमा घुम्नेका ४५ वर्षीय बिसे सदा रहेका छन् भने हत्या गर्ने भाइ ३५ वर्षीय कृष्ण सदा रहेका छन्।
इलाका प्रहरी कार्यालय, रामपुर ठोक्सिलाका अनुसार घर बनाउनका लागि कृष्ण सदाले दाजुसँग जग्गाको कुरा गर्दै आएका थिए भने दाजुले तत्काल भाइको कुरामा सहमति दिएका थिएनन्।
सोमबार साँझ ८ बजेतिर दाजुभाइ भेट भएपछि मादक पदार्थ सेवन गरेका दुवै दाजुभाइबीच झगडा शुरु भएको र कृष्णले दाजुलाई घरभित्रबाट खुकुरी निकालेर टाउकोमा प्रहार गरेपछि दाजुको घटनास्थलमा नै मृत्यु भएको थियो।
भाउजू सुमनी सदाले भाइले दाजुलाई खुकुरी प्रहार गरेको छल्न खोज्दा सुमनीको पनि हातको पाखुरामा गम्भीर चोट लागेको र हाल उपचार भइरहेको इप्रका, रामपुरका प्रमुख सुवास राईले बताए।
दाजुको हत्यालगत्तै कृष्ण भने फरार रहेको र हाल प्रहरीले खोजी गरिरहेको प्रहरीले बताएको छ। रासस

Comments
Post a Comment