१ सय ९० करोडका मालिक बलिउडका चर्चित कमेडियन जोनी लिवर कुनै समय मुम्बईको सडकमा पेन बेच्थे

बलिउडका ख्याती प्राप्त निकै चर्चित कमेडियन जोनी लिवरको नाम नसुन्ने सायद कमै होलान । उनि १४ अगस्ट १९५७ मा भारतको आंद्र प्रदेशको कनिगिरिमा तेलेगु क्रिश्चियन परिवारमा जन्मिएका हुन् |

जति अरूलाई हसाउनछन् त्यतिनै उनको जीवन संघर्ष र पिडाले रुवाउछ | जोनी लिवरलाई भारतका पहिला स्टेन्डअप कमेडियन मानिन्छ । उनले ३ सय ५० भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् | जोनी लिवरले १३ पटकसम्म फिल्मफेयर अवार्ड पाएका छन् । उनको बुवा प्रकाश राव जनमूला हिंदुस्तान लीवर फ्याक्ट्रीमा काम गर्थे ।

गरिब परिवारमा जन्मेका उनि जेठ छोरा हुन भने आफ्नो दुई भाइ र तीन बहिनी छन् । गरिब परिवारमा जन्मेका उनि पढ्न पाएनन् | सात कक्षासम्म पढेपछि उनले पढाइ त्यतिकै छाडेका थिए ।

कुनै समय मुम्बईको सडकमा पेन बेच्थे । उनी बलिउड गीतमा नाच्दै र अभिनेत्रीको नक्कल गर्दै पेन बेच्थे । जब फिल्ममा अभिनय गर्न थाले अनि उनको जीवनमा आर्थिक सुधार हुदै गयो | कडा परिश्रमले आज जोनी करिब १९० करोड सम्पत्तीका मालिक भएका छन् । एजेन्सी

Comments