माओवादी नेता बालकृष्ण ढुंगेल यसरी हास्दै गए सदरखोर जेलमा : १२ वर्ष पाँच महिना २२ दिन जेल बस्नु पर्ने

माओवादी जनयुद्धको समयमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या प्रकरणमा सर्वोच्च अदालतको संयुक्त इजलासबाट २०६६ पुस १९ गते सर्वस्वसहित जन्मकैद सुनाइएका माओवादी नेता बालकृष्ण ढुंगेललाई मंगलबार डिल्लीबजारस्थित सदरखोर जेल चलान गरिएको छ।
लामो समयसम्म फरार रहेका ढुंगेललाई मंगलबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ललितपुरको सातदोबाटोबाट पक्राउ गरे लगत्तै काठमाडौं जिल्ला अदालतले फैसलाको लगत कसेर जेल चलान गरेको हो।

जिल्ला अदालत काठमाडौंले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा अदालतमा उपस्थित गराएर सदरखोर पठाएको हो। अब ढुंगेलले पहिले जेल बसेको अवधि कट्टा गरेर बाँकी हुन आउने १२ वर्ष पाँच महिना २२ दिन थुनामा बस्नुपर्ने छ।

बालकृष्ण ढुंगेल पक्राउ परेपछि नसोचेको प्रतिक्रिया आयो माओवादी केन्द्रको, पुरा पढ्नुहोस्

विमल योगी

काठमाडौं, १४ कात्तिक । नेकपा माओवादी केन्द्रले नेता बालकृष्ण ढुंगेलको गिरफ्तारीलाई दुर्भाग्यपूर्ण भनेको छ ।

मंगलबार विहान ढुंगेल सातदोबाटोबाट पक्राउ परेलगत्तै संसदीय दलको कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै माओवादी प्रवक्ता पम्फा भुषालले ढुंगेलको गिरफ्तारी बृहत शान्ति सम्झौता विपरित भएको बताइन् ।

‘हाम्रो पार्टीका नेता बालकृष्ण ढुंगेलको गिरफ्तारी बृहत शान्ति सम्झौता र सत्य निरुपण तथा मेलमिलाप अयोगको मर्म विपरित छ,’ उनले भनिन्– ‘निर्वाचनको मुख आएर उहाँलाई नियन्त्रणमा लिनु निर्वाचन सार्ने षडयन्त्र हो । यसमा हाम्रो घोर आपत्ति छ ।’

प्रवक्ता भुषालले ढुंगेललाई तत्काल रिहा गर्न समेत माग गरिन् ।

ढुंगेल पक्राउको पुष्टि गर्दै प्रहरी हेडक्वार्टरले के भन्यो ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल पक्राउ परेपछि नेपाली राननितिमा नयाँ हलचल शुरु भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले ललितपुरको सातदोबाटोबाट ढुंगेललाई आज बिहान ११ बजे पक्राउ गरेको हो । ओखलढुंगाका उज्जन कुमार श्रेष्ठको हत्या गरेको ठहर गर्दै सर्वोच्च अदालतले ढुंगेललाई दोषी ठहर गरेको थियो ।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको २०५५ साल असार १० गते हत्या भएको थियो । सर्वोच्चले ढुंगेललाई दोषी ठहर गरेर सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । नेपाली कांग्रेसका नेता समेत रहेका अधिवक्ता दिनेश त्रिपाठीले प्रहरीले ढुंगेललाई पक्राउ नगरी अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए । उनले प्रहरी प्रमुखलाई नै अवहेलनाको मुद्दाम कारबाही गर्नुपर्ने माग गरेका थिए । प्रहरीले ढुंगेललाई आजै कारागार चलान गर्ने भएको छ ।

प्रहरीले नेता बालकृष्ण ढुंगेललाई पक्राउ गरेपछि नेकपा माओवादी केन्द्रमा भने खैलाबैला भएको छ । अचानक पूर्व सांसद एवं नेता ढुंगेल पक्राउ परेपछि माओवादीभित्र आक्रोश उत्पन्न भएको हो । स्वयंम अध्यक्ष प्रचण्ड समेत तनावमा परेका छन् । ढुंगेल पक्राउ परेलगत्तै उनले हेडक्वार्टरको बैठक समेत बोलाएको बताइएको छ । अहिले माओवादीका शीर्ष नेताको बैठक बसिरहेको छ ।

स्रोतका अनुसार ढुंगेल पक्राउविरुद्ध सडक प्रदर्शनदेखि कडा आन्दोलनका कार्यक्रम ल्याउने तयारी माओवादी शीर्ष नेताले गरिरहेका छन् । वाम गठबन्धन गरेको एमालेले पनि यसमा साथ दिने भएको छ । सातदोबाटोबाट पक्राउ परेका नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई प्रहरीले अदालतमा बुझाउने तयारी गरेको छ । ढुंगेल अहिले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को हिरासतमा छन् ।

ढुंगेल पक्राउ परेको कुरा आधिकारिक रुपमा स्वीकार नगरेको प्रहरीले उनलाई गुपचुप अदालतमा बुझाउने तयारी गरेको सिआईबी स्रोतले बतायो । अदालतको फैसला कार्यान्वयनका लागि उनलाई अदालतमा हाजिर गराउन लागिएको हो ।
द्धन्द्धकालिन मुद्धा भएकाले माओबादीले ढुंगेल पक्राउको विषयमा अदालत मार्फत नभई सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत मिलाउनु पर्ने बताउँदै आएका छन । यदी दन्दकालिन मुद्धा ब्युँतिए माओबादीका सबै शीर्ष नेता जेल जानसक्ने देखीएको छ ।

Comments