बीस वर्षीया अल्योना ज्यातसेवाले अघिल्लो हप्ता बाटो काटिरहेका ११ मानिसमाथि आफ्नो लेक्सस गाडी गुडाएकी थिइन् ।
घटनामा तीनजनाको तत्कालै मृत्यु भयो भने दुईजना चाहिँ अस्पतालमा बिते । अन्य ६ घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।
न्यायाधीशले फैसला सुनाएपछि अल्योना अदालतमा घ्वाँघ्वाँ गरी लामो समय रोइरहिन् ।
अर्बपति पिता भने पीडित परिवारसँग माफी मागिरहेका थिए ।
युक्रेनको खारकिभ शहरमा बस्ने अल्योना अघिल्लो हप्ताको सोमवार विलासी गाडीमा घुम्दै थिइन् । उनको गाडीको स्पीड धेरै थियो र भीडभाड भएको क्षेत्रमा पुग्दा पनि उनले स्पीड घटाइनन् ।
यसै क्रममा अल्योनाले जेब्रा क्रसिङबाट बाटो काटिरहेका ११ मानिसलाई कुल्चिन पुगिन् । त्यसपछि कार एउटा भवनको पर्खालमा ठोकिएको थियो ।
तीनजना मानिस घटनास्थलमै मरे अनि अल्योनालाई हल्का चोटपटक लाग्यो ।
प्रहरीले अल्योनाविरुद्ध मुद्दा दर्ता गरेर उनलाई पक्रियो । तर उनका पिताले भोलिपल्टै जमानतमा उनलाई रिहा गराए ।
अल्योनाका अर्बपति पिता भ्यासिली ज्यातसेव युक्रेनको प्रसिद्ध ऊर्जा कम्पनीका मालिक हुन् । उनले पीडितहरूको परिवारसँग निरन्तर कुरा गरेर छोरीलाई माफी दिनका लागि गुहार लगाइरहेका छन् ।
Comments
Post a Comment