सर्वाधिक ब्यापार गरेको साउथ इंडियन फिल्म ‘बाहुबली’लाई अहिले सम्म कमाईमा कुनै पनि फिल्मले भेट्न सकेको छैन । बाहुबलीमा ‘कटप्पा’ को भूमिका निभाएर चर्चित बनेका अभिनेता सत्यराजसहित दक्षिण भारतका नौ कलाकारलाई अदालतले पक्राउ पुर्जी जारी गरेको छ । सन् २००९ मा उनीहरुलाई मानहानीको मुद्दा लागेको थियो ।
पक्राउ पुर्जी जारी भएका अभिनेताहरुमा दक्षिण भारतका अर्का चर्चित अभिनेता सूर्या पनि छन् । चर्चित दक्षिण भारतीय फिल्म गजनी, सिंघम, सिंघम २ जस्ता थुप्रै चर्चित फिल्मका अभिनेता सूर्यासहित चेरान, विजयकुमार, सरतकुमार, विवेक, श्रीप्रियालगायत छन् ।
उनीहरुले एक पत्रकारका विवादास्पद बयान दिएका थिए । त्यसपछि उनीहरुविरुद्ध सन् २००९ को अक्टुबरमा मानहानीको मुद्दा दायर भएको थियो । तर, उनीहरु अदालतमा उपस्थित भएका थिएनन् । सोही मुद्दा अहिले बाहिर आएर चर्चामा भएको हो । उनीहरुले हालसम्म यसबारे कुनै प्रतिक्रिया दिइसकेका छैनन् ।

Comments
Post a Comment