राजविराज : धादिङको गजुरीस्थित त्रिशूली नदीमा खसेको बसमा यात्रा गरेका चार जना यात्रु नभेटिँदा उनीहरूको परिवार विक्षिप्त बनेको छ। नभेटिएकामा तीन वर्षीय बालकदेखि चालकसम्म छन्।
मंगलबारसम्म नभेटिएका सप्तरीको राजविराज नगरपालिका-१६ का २० वर्षीय पूजा झा, तिलाठी कोइलाडी गाउँपालिका-१ का तीन वर्षीय प्रतीक झा, खड्ग नगरपालिका-८ का ३० वर्षीय अभिनन्दन चौधरी र दुर्घटनामा परेको ना.६ ख १४६७ नम्बरको बसचालक सिरहाका ३९ वर्षीय सन्तोष चौधरी छन्। पीडामा रहेका परिवारले खोजी कार्यलाई व्यापक बनाउन सरकारसमक्ष आग्रह गरेका छन्।
फेला पर्न नसकेकी छोरी पूजा र नाति प्रतीकको खोजी कार्य तीव्र बनाउन आग्रह गर्दै राजविराज १६ बोरियाका मदन झाले भने, ‘हाम्रो परिवारमा पीडामाथि पीडा थपिएको छ, खोजी कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायले पहल गरिदेओस्।’
दुर्घटनामा परी मृत्यु भएका झा परिवारका आठ सदस्यमध्ये ६ जनाको शव प्रहरीले आइतबार परिवारलाई बुझाएपछि अन्त्येष्टि गरिएको छ। तर, बाँकी दुई जनाबारे पत्ता नलागेकोले झा परिवारको पीडा थपिएको हो। बेपत्ता चौधरीद्वयका आफन्तले पनि यस्तै आग्रह गरेका छन्। धादिङ दुर्घटनामा मृत्यु भएका ३१ मध्ये २४ जना सप्तरीका थिए।
दुर्घटनामा परेको बसचालक चौधरी हाम्फालेर भागेको आशंका गरिए पनि उनी नदीमै बेपत्ता भएको उनका परिवारजनको भनाइ छ। बेपत्ताको शनिबार बिहानैदेखि त्रिशूली नदीमा खोजी गरिए पनि हालसम्म नभेटिएको उद्धारकर्मीलाई उद्धृत गर्दे जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए।

Comments
Post a Comment