आमा र छोरीमध्ये को ज्यादा सुन्दर देखिएलान् ? प्रायःको जवाफ एउटै हुन्छ, ‘छोरी’तर ..बर्थडे पार्टीमा जे देखीयो .
आमा र छोरीमध्ये को ज्यादा सुन्दर देखिएलान् ? प्रायःको जवाफ एउटै हुन्छ, ‘छोरी’। तर, नायिका करिश्मा मानन्धरको हकमा भने यस्तो जवाफ गलत हुन सक्छ। किनभने, छोरी कविता र उनलाई एकसाथ उभ्याइयो भने धेरैको आँखाले करिश्मालाई नै तरुनी देख्छ। यस्तै भयो, केही दिनअघि कविताको बर्थडे पार्टीमा।
जहाँ कविताको भन्दा करिश्माको सुन्दरताले ज्यादा चर्चा पाएको थियो। धेरैको मुखबाट एउटै बोली सुनियो, ‘छोरीभन्दा आमा तरुनी’। आफ्नो यस्तो प्रशंसा सुनेपछि करिश्मा मुसुमुसु हाँसिन् भने कविताचाहिँ कर्के आँखाले अरूलाई हेर्दै थिइन्।
फेसन स्टाइलिस्ट गायिका
पछिल्लो समयकी व्यस्त फेसन स्टाइलिस्ट हुन्, नीलिमा शर्मा। फिल्मका हिरो-हिरोइनलाई आकर्षक लुक्समा उतार्न उनी निकै माहिर मानिन्छिन्। उनको प्रवेशसँगै फिल्मकर्मीमा फेसन सेन्स बढेको बताइन्छ। तर, अब उनको प्रतिभा फेसन डिजाइनिङ्मा सीमित नहुने भएको छ। उनले गायनमा पनि पाइला चालेकी छन्।
उनको पहिलो एल्बम नीलिमा छिट्टै बजारमा आउँदै छ। गायनमा पनि आफू निकै पहिलेदेखि साधनारत रहेको उनको भनाइ छ। सुन्दर मुहारकी धनी नीलिमाले एल्बमका तीनवटा गीतको भिडियोमा आफैँ मोडलिङ् गरेकी छन्। तर, फेसन डिजाइनिङ्मा जस्तै गायनमा उनी सफल हुन्छिन् कि हुन्नन् ? एल्बम बजारमा आइसकेपछि मात्र थाहा हुनेछ।
बेकामे ‘पोज’
अंगप्रदर्शन गरेपछि रातारात हिट भइन्छ भन्ने भ्रम धेरै नेपाली हिरोइनमा छ। समय र कथाका नाममा उनीहरू आफ्ना गोप्य अंग देखाउँछन्। निकै भल्गर फोटोसुट गराउँछन्। दुःखको कुरा यसरी अंग देखाउनेमध्ये अधिकांशको सपना तुहिने गरेको छ। दीपशिखा खड्का त्यस्तै अभागी मोडल हुन्। उनी पहिलोपटक अढाई वर्षअगाडि स्तन प्रस्टै देखिने फोटोसुट गराएर चर्चामा आएकी थिइन्। त्यसयता उनले स्विमिङ् कस्ट्युमदेखि वान-साइड नेक्ड ड्रेस लगाएर फोटो खिचाइन्।
ड्रेस मात्र होइन, उनको पोज र हाउभाउ पनि निकै उत्तेजक हुने गर्छ। कतिसम्म भने चर्चाकै लागि उनले ‘आफू भर्जिन नरहेको’ सस्तो अभिव्यक्ति सार्वजनिक गरनि्। तर, अहिलेसम्म दीपशिखाले गतिलो फिल्म त के म्युजिक भिडियो पनि पाएकी छैनन्। अखबारमा अर्धनग्न तस्बिर छापेर निर्माता/निर्देशक ‘पट्याउने’ उनको प्रयास असफल भएको छ। निराशाको कारण उनी विदेश पलायन भइसकेको चर्चासमेत चल्न थालेको छ।
चर्चा कमाउने मेलो
सेलिबि्रटीहरू आफ्नो व्यक्तिगत जीवनका कुरा सार्वजनिक गर्न चाहँदैनन्। पत्रकारले सोधिहाले पनि आलेटाले जवाफ दिन्छन्। तर, गायक धीरज राई भने अरू सेलिबि्रटीभन्दा दुई कदम अगाडि देखिएका छन्। नेपाली माइकल ज्याक्सन भनिने यी गायकले श्रीमतीसँग सम्बन्ध बिग्रेको भन्दै हल्ला गरेका छन्।
धीरजले केही दिनअगाडि आफ्नै अन्तर्वार्ता पत्रकारहरूलाई इमेल गरेका थिए। जसमा उनले श्रीमती छुल्ठिम डोल्मा गुरुङसँग तीन वर्षदेखि अलग भएको उल्लेख गरेका छन्। विचारमा मतभिन्नता आएपछि छुट्टिएर बस्न थालेको उनको भनाइ छ। धीरजबाटै यस्तो खुलासा भएपछि पत्रकारहरू चकित भए। छुल्ठिमको प्रतिक्रियाले त झन् अचम्मित बनाइदियो। भन्दै थिइन्, “हामी सँगै छौँ। कुनै समस्या छैन।” अब कसको कुरा पत्याउने ?
निर्देशकलाई गाली
बाहिर जति हल्ला भए पनि सुरज सुब्बा नाल्बो निर्देशित बिग बजेटको फिल्म बितेका पलको व्यापार औसत मात्र छ। नेपालबाट फिल्मको लगानी नउठ्ने पक्कापक्की छ। त्यसमाथि फिल्मले समीक्षकहरूबाट पनि राम्रो प्रतिक्रिया पाएको छैन। बितेका पलको यही कमजोरी नायिका झरना थापाका लागि निर्देशक सुरजप्रति रसि फेर्ने राम्रो मौका भएको छ। झरनाको लगानीमा सुरजले निर्देशन गरेको फिल्म फेसबुक सुपरफ्लप भएको थियो।
झरनाले यो फिल्मबाट करबि ४० लाख रुपियाँ घाटा बेहोरनि्। यसरी फिल्म फ्लप भएपछि सुरजले सान्त्वना दिनु त कता हो कता, उल्टै दोषजति सबै झरनाको टाउकोमा खन्याइदिए, झरना बढी हावी भएकीले फिल्म असफल भयो।
अहिले बितेका पलले पनि राम्रो व्यापार नगरेपछि झरना सुरजको खेदो खन्दै हिँड्न थालेकी छन्। केही दिनअघि उनले सुरजलाई ‘ठूला सपना देखाएर पैसा खर्च गराउने तर राम्रो फिल्म बनाउन नसक्ने’ निर्देशक भएको आरोप लगाउन भ्याइन्। यसरी एकअर्कालाई दोषी देखाउनुभन्दा आफ्नो कमी-कमजोरी सुधार्नतिर लाग्नु दुवैको हितमा होला कि ?
दुलही बन्ने रहर
उमेर बढ्दै गएपछि दुलही बन्ने सपना सबै युवतीमा हुन्छ। हिरोइन सविना कार्कीलाई पनि कसैकी दुलही बन्ने रहर जागेछ। उनले आफ्नो भित्री रहर हालै फेसबुकको भित्तोमा सार्वजनिक गरेकी छन्। दुलहीझैँ सिँगारिएको आफ्नो तस्बिर अपलोड गर्दै उनले लेखेकी छन्, ‘लगन जुर्यो।’
विवाहको सिजनमा यस्तो फोटो देखेपछि उनले साँच्चिकै बिहे गरेको हल्ला चल्यो। तर, उनको रयिलमा नभई रलि लाइफमा लगन जुरेको रहेछ। हाल सुटिङ् भइरहेको फिल्म रफ्तारमा उनी कसैकी दुलही बनेकी छन्। भन्छिन्, “रहर त नभएको होइन तर बेला भइसकेको छैन।” रहर हुनु भनेकै बेला भइसकेको भन्ने होइन र सविनाजी ?
फ्लपवालीको चुरीफुरी
नेपाली सिने क्षेत्रकी सम्भावना बोकेकी अभिनेत्रीमा गनिन्छिन्, निशा अधिकारी। तर, ‘अरूलाई नगन्ने र आफूलाई नै सर्वेसर्वा ठान्ने’ स्वभावले उनको करअिर संकटमा पर्दै गएको भन्ने गाइँगुइँ पो सुनिन थाल्यो त! त्यसमाथि उनका पछिल्ला फिल्म धूवाँ यो नशाको, मायाज बार र पद्मिनी फ्लप भएपछि निर्माता/निर्देशक उनको नामै सुन्न गाह्रो मान्न थालेका छन्। सोही कारण कुनै समयकी व्यस्त यी हिरोइनको हातमा अहिले जम्मा एउटा फिल्म छ, मुखौटा।
यो फिल्म पनि उनले लामो समयको ग्यापपछि पाएकी हुन्। यसको सुटिङ् सकिएपछि उनी फुर्सदमा हुनेछिन्। आफ्नै सहकर्मीसँग पनि उनको राम्रो सम्बन्ध छैन। झन् नेफ्टा अवार्डका संयोजक मनोज केसीसँग भनाभन भएपछि उनका कुरा काट्नेहरू थपिएका छन्। एक फिल्मकर्मी व्यंग्य गर्दै भन्छन्, “निशाले सगरमाथा त चढिन् तर करिअर भने ओरालो लागेको छ।” कान्तिपुर बाट साभार गरिएको

Comments
Post a Comment