रिलिज भयो प्रतिक्षित फिल्म ‘ऐश्वर्य’

छठ पर्वको अवसर पारेर बिहिबारबाट नै नयाँ नेपाली फिल्म रिलिज भएको छ । यो बर्षकै प्रतिक्षित फिल्म मध्येको एक ‘ऐश्वर्य’ आजबाट रिलिज भएको छ । ‘तिमी रोएको पल तिमीलाई’ गीतका कारण चर्चामा रहेको यो फिल्मलाई दिवाकर भट्टराइले निर्देशन गरेका हुन् । फिल्ममा रमेश उप्रेती, प्रशान्त ताम्राकार, दीपिका प्रसाई, केकी अधिकारी लगायतका कलाकारको अभिनय छ ।

फिल्ममा अर्जुन पोखरेलको संगीत, सुदिप बरालको छायांकन छ । फिल्मको उच्च मेकिङका कारण पनि यसको चर्चा खुबै छ । फिल्मका भिलेन प्रशान्त ताम्राकारले यो फिल्मबाट खुबै चर्चा बटुलिरहेका छन् ।

अभिनेता रमेश उप्रेतीले यो फिल्मलाई आफ्नो करिअरकै चुनौतीपूर्ण फिल्म भनेका छन् । यो फिल्म रमेश र दीपिकाको करिअर, प्रशान्तको भविष्य र निर्देशक दिवाकर भट्टराइको आगामी दिन कसरी अगाडि बढ्छ भन्ने प्रसंगसँग पनि जोडिएको छ । सोलो रिलिज भएका कारण पनि फिल्मलाई फाइदा हुने धेरेको विश्वास छ ।

Comments